default_image

3 years ago

November 23, 2020

एन्फाकै बाटो हेर्दै मोफसल फुटबल

दिपक बोहोरा, पाँचथर एक समय देशको फुटबल मोफसलमा हुने प्रतियोगिताहरुलेनै धानेका थिए । शहिद स्मारक ए डिभिजन लिग हुन सकेको थिएन । राष्ट्रिय लिगको अत्तोपत्तो थिएन । राष्ट्रिय खेलाडीको छनोट समेत मोफसलमा हुने प्रतियोगिताहरुमा खेलाडीहरुले गरेको प्रर्दशनको आधारमा गर्न थालिएको थियो । तर अहिले समय फेरीएको छ । कोभिड १९ कोरोना भाइरस महामारीको कारण विश्व खेलकुदमा असर […]

76 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

एक समय देशको फुटबल मोफसलमा हुने प्रतियोगिताहरुलेनै धानेका थिए । शहिद स्मारक ए डिभिजन लिग हुन सकेको थिएन । राष्ट्रिय लिगको अत्तोपत्तो थिएन । राष्ट्रिय खेलाडीको छनोट समेत मोफसलमा हुने प्रतियोगिताहरुमा खेलाडीहरुले गरेको प्रर्दशनको आधारमा गर्न थालिएको थियो । तर अहिले समय फेरीएको छ ।

falgunanda

कोभिड १९ कोरोना भाइरस महामारीको कारण विश्व खेलकुदमा असर पर्‍यो । विश्व फुटबल गतिविधि केहि समय अघि चलायमान हुन थालेपनि नेपाली फुटबलले भर्खर मात्र अभ्यास गर्ने र प्रतियोगितामा सहभागी हुने अनुमति प्राप्त गरेको छ । महामारीका कारण झन्डै एक वर्ष देशको फुटबल गतिविधि ठप्पनै रहयो ।

सरकारले खेलकुदलाइ केहि मापदण्ड बनाएर अनुमति दिए लगत्तै केहि गतिविधि सुरु भएका छन् । राष्ट्रिय टोलीले प्रशिक्षण र मैत्रीपूर्ण खेलहरु सुरु गरेपनि मोफसलमा भने अझै चलायमान हुन सकेको छैन । कोरोना महामारीलेले थलिएको अर्थतन्त्रमा मोफसलका फुटबल प्रतियोगिताहरु अब कसरी अघि बढ्ने हो यो यो सबैको चासोको बिषय बनेको छ ।

मोफसलमा पनि अझ पूर्वमा त वर्ष भरीनै फुटबल प्रतियोगिताहरु सञ्चालन भइरहेका हुन्थे । कोरोना महामारीका कारण अहिले ति सबै प्रतियोगिताहरु स्थगित भएका छन् । पूर्व पाँचथरको फाल्गुनन्द गोल्डकप, इलामको माइभ्याली गोल्डकप, झापा गोल्डकप, इटहरी गोल्डकप, विराट गोल्डकप, बुढासुब्बा गोल्डकप,उदयपुर गोल्डकप लगयता चर्चीत गोल्डकपहरु अहिले स्थगित छन् ।

मोफसलमा हुने गोल्डकपहरुको आफ्नो स्थायी स्रोतहरु छैनन् । अधिकांश गोल्डकपको मुख्य स्रोत भनेको प्रायोजन र चन्दा संकलननै हो । टिकट बिक्रीबाट उठेको रकमनै मोफसलमा हुने प्रतियोगिताको मुख्य आधार हुन् । कोरोना महामारीले सरकारी तथा निजि क्षेत्रको अर्थतन्त्र डामाडोल बनाएको अवस्थामा मोफसलका प्रतियोगिताहर चलायनमान हुन सक्ने अवस्था पनि कम छ ।

यहि अवस्था रहिरहेमा मोफसलकै चर्चीत प्रतियोगिता झापा गोल्डकप आयोजना हुन नसक्ने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत बताउछन् । एकातिर प्रयोजकको अभाव, अर्कोतिर दर्शक भेला पारेर प्रतियोगिता आयोजना गर्न नमिल्ने भएकाले यहि अवस्थामा झापा गोल्डकप तत्काल आयोजना गर्न नसकिने बस्नेतले बताए । झापा,मोरङ, सुनसरि जस्ता ठुला जिल्लामा फुटबल प्रतियोगिता सञ्चालनमा समस्या हुने भए पछि पहाडी जिल्ला पाँचथर, इलाममा झन समस्या हुने देखिन्छ ।

पहाडी जिल्लामा यस्तो अवस्थामा फुटबल प्रतियोगिता सञ्चालन गर्न नससिने फाल्गुनन्द गोल्डकप प्रतियोगिता सञ्चालन गर्ने फिदिम सर्पोटिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले बताए । ‘सबै क्षेत्रको आर्थिक अवस्था नाजुक छ, हामीलाई अरुबेला पनि आर्थिक श्रोत जुटाउन समस्या थियो अब झन गाह्रो हुने भयो, यस्तो अवस्थामा अखिल फुटबल संघ(एन्फा) ले मोफसलको लागी विशेष कार्यक्रम ल्यान जरुरी छ,’ श्रेष्ठले भने ।

स्थापित भइसकेका प्रतियोगिताहरुको वर्गीकरण गरेर खेलकुद मन्त्रालय र एन्फाले विशेष सहयोगको प्याकेज नल्याइ मोफसलको फुटबल प्रतियोगिता सञ्चालन गर्न नसकिने माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ बताउछन् । ‘एक वर्ष प्रतियोगिता स्थगित भए पछि प्रयोजकहरु संग बिश्वास गुमेको छ, पुरानै लयमा फर्कन फेरी शुन्यबाटै सुरु गर्नु पर्छ । अहिले चन्दा, सहयोग उठाएर प्रतियोगिा सञ्चालन गर्न नसकिने भएकाले सरकारलेनै सहयोग नगरि मोफसलको फुटबल उठ्न सक्दैन,’ चेम्जोङले भने ।

चेम्जोङ जस्तो खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाका अध्यक्ष हिमाल खरेलले पनि सरकारले मापदण्ड बनाउने र एन्फाले कार्यतालीका बनाएर मोफसलका प्रतियोगिता सञ्चालन गर्नु पर्ने बताउँछन् । ‘सबै प्रतियोगिताहरु सञ्चालन गर्न त सकिन्न होला तर स्थापित भइसकेका प्रतियोगिताहरुलाइ सञ्चालन गर्नुपर्छ । यस्को लागी स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकाले दिर्घकालिन योजना सहित मोफसलका प्रतियोगिताहरुलाइ सहयोग गरी मोफसलको फुटबल सञ्चालन गर्नु पर्छ,’खरेलले भने । प्रतियोगिताहरुको लागि कोभिडको बेला व्यापारमा असर नगरेका खाद्यान्न लगायतका अन्य क्षेत्रका कम्पनिहरुले सहयोग गर्नु पर्ने खरेल बताउँछन् ।

तत्काल दर्शक बिनाको फुटबल प्रतियोगिताहरु आयोजना गर्न नसकिने भएकाले स्थिती नियन्त्रण नभइ मोफसलका प्रतियोगिताहरु सञ्चालन हुन नसक्ने अखिल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले बताए । राईका अनुसार केहि दिनमा अखिल फुटबल संघ (एन्फा) को बैठक बस्ने र कोभिडका कारण सृजना भएका समस्याहरुको बिच छलफल हुनेछ । त्यसैमा मोफसलका फुटबलहरुलाइ कसरि अगाडी बढाउने भन्ने निणर्य हुने राईले बताए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.