default_image

3 years ago

November 23, 2020

खेलाडी हुँदाभन्दा बेकह्यामलाई भिडियो गेममा बढी कमाइ

एजेन्सी – इंग्लिस स्टार डेविड बेकह्यामले आफ्नो खेलाडी करिअरको उच्च समय समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा बिताए । त्यसपछि एलए ग्यालेक्सी हुँदै पेरिस सेन्ट जर्मेनबाट करिअर अन्त्य गरे । खेलाडी जीवनबाट सन्न्यास लिएपछि पनि बेकह्याम पटक पटक फुटबल प्रेमीमाझ विभिन्न कारणले चर्चामा आइरहन्छन् । पछिल्लो समय अमेरिकी लिग मेजर लिग सकरमा आफ्नै टिम इन्टर […]

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस स्टार डेविड बेकह्यामले आफ्नो खेलाडी करिअरको उच्च समय समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा बिताए । त्यसपछि एलए ग्यालेक्सी हुँदै पेरिस सेन्ट जर्मेनबाट करिअर अन्त्य गरे ।

खेलाडी जीवनबाट सन्न्यास लिएपछि पनि बेकह्याम पटक पटक फुटबल प्रेमीमाझ विभिन्न कारणले चर्चामा आइरहन्छन् । पछिल्लो समय अमेरिकी लिग मेजर लिग सकरमा आफ्नै टिम इन्टर मायमी फुटबल क्लबका कारण बेकह्याम मिडियामा छाएका थिए । तर पछिल्लो साता भने उनको नाम भिडियो गेमका कारण चर्चामा आएको छ ।

भिडियो गेम क्षेत्रको अग्रणी कम्पनि इए स्पोर्ट्सले निर्माण गर्दै आएको फिफा खेलका लागि बेकह्यामले तीन वर्षको सम्झौता गरेका छन् । यसका लागि बेकह्यामले आफू खेलाडी हुँदाभन्दा बढी रकम प्राप्त गर्ने भएका छन् । बेकह्यामले ३ वर्षका लागि ४० मिलियन पाउन्डमा सम्झौता गरेको खुलासा भएको छ । यस अनुसार उनले प्रति साता २ लाख ५० हजार पाउन्ड प्राप्त गर्छन् ।

सम्झौता अनुसार बेकह्यामको नाम फिफाले खेलको प्रवर्द्धनमा प्रयोग गर्न पाउनेछ । फिफाको अल्टिमेट टिम र भोल्टा विधामा बेकह्याम प्रयोग गरेर आम जनताले खेल्न पाइनेछ । यसका लागि बेकह्यामले पटक पटक खेलका बारेमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख छ ।

बेकह्यामले आफ्नो ब्रान्डकै कारण ठूलो रकम बुझ्दै यो सम्झौता गर्न सकेको उनी निकट स्रोतले जनाएको छ । सन् २००७ मा रियल म्याड्रिड छोडेर लस एन्जेलस पुग्दा उनले ५ वर्षका लागि २८ मिलियन युरो लिएका थिए । अहिले यो रकम खेलाडी हुँदाभन्दा २ गुणा बढी रहेको छ । रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडमा उनले ग्यालेक्सीभन्दा आधा रकम बुझ्थे ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.