default_image

9 years ago

September 17, 2016

चेल्सीबिरुद्द लिभरपुलको जीत

121 views

0 Bookmark

आज राती भएको चेल्सी र लिभरपुलको खेलमा लिभरपुलले २-१को नतिजाले जीत आत्मसात गरेको छ । खेल चेल्सीको मैदान स्टाम्फर्ड ब्रीजमा भएको थियो । यो नतिजापछी लिगमा दुबै टोलिको समान दश अंक भएको छ । 

Chelsea vs Liverpool

 

यो खेल भन्दा अगाडी  यो सिजन एक खेलपनी नहरेको चेल्सी आफ्नो कप्तान जोन टेरी बिनै मैदानमा उत्रीएको थियो । आफ्नो बलियो ११ खेलाएको पाहुना टोलिले खेलको पहिलो हाल्फमै दुबै गोल गरेको थियो । लिभरपुलका लागि लोव्रेन १७औ मिनट र कप्तान हेन्डरसनले ३६औ मिनटमा गोल गरेका थिए ।

दोस्रो हाल्फमा खेलमा फर्किने केहि आशा देखाएको चेल्सीले ६२मिनटमा कोस्टाको गोल मार्फत खेल २-१ बनायो । खेलको अन्तिम ९ मिनटमा चेल्सीले ३ खेलाडी परिवर्तन गरेपनी नतिजा भने परिवर्तन गर्न सकेन । अब चेल्सीले आफ्नो अर्को खेल आर्सनलसँग खेल्ने छ भने लिभरपुलले हल सिटिको सामना गर्ने छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.