default_image

3 years ago

November 23, 2020

मेस्सीले च्याम्पियन्स लिगमा नखेल्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार हुने डिनामो किएभविरुद्ध खेल नखेल्ने भएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण मेस्सीलाई विश्राम दिने बताएका हुन् । उनले कप्तानसँगै मिडफिल्डर फ्रान्की डे जोङलाई पनि विश्राम दिने निर्णय गरेका छन् । डिफेन्डरद्वय सर्जी रोबर्टो र जेरार्ड पिके […]

51 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार हुने डिनामो किएभविरुद्ध खेल नखेल्ने भएका छन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण मेस्सीलाई विश्राम दिने बताएका हुन् । उनले कप्तानसँगै मिडफिल्डर फ्रान्की डे जोङलाई पनि विश्राम दिने निर्णय गरेका छन् । डिफेन्डरद्वय सर्जी रोबर्टो र जेरार्ड पिके एटलेटिको विरुद्ध खेलमा घाइते भएका थिए । यी दुवै लामो समय मैदानबाहिर रहने छन् । मिडफिल्डर ओस्मान डेम्बेले भने काँधको चोटका बाबजुद टोलीमा समेटिएका छन् ।

‘ हामीसँग चोटका कारण केहि मुख्य खेलाडी बाहिर छन् । किएभविरुद्ध मेस्सी र डे जोङलाई विश्राम दिने निर्णय गरेका छौं । च्याम्पियन्स लिगमा हामीलाई केहि सहज अवस्था छ । ९ अंक जोडेकोले खासै चिन्ता लिनुपर्ने छैन । यी दुई खेलाडीले लगातार खेलिरहेकाले पनि विश्राम दिनुपर्ने छ ।’

प्रशिक्षक कोम्यानले १९ खेलाडी सम्मिलित टोली घोषणा गर्दै किएभविरुद्ध तयारी पूरा भएका जनाए । गोलरक्षक मार्क आन्देर टेर स्टेगन एटलेटिकोविरुद्ध खराब प्रदर्शनपछि टोलीमा समेटिएका छन् । यस्तै एन्टोइन ग्रिजमन र पेड्रीले टोलीको आक्रमण सम्हाल्ने अनुमान गरिएको छ । अन्सु फाती चोटकै कारण लामो समयका लागि विश्राममा छन् ।

टोली : मार्क आन्देर टेर स्टेगन, सर्जिनो डेस्ट, कार्लोस अलेना, एन्टोइन ग्रिजमन, मिरालेम प्यानिच, मार्टिन ब्रेथवेट, ओस्मान डेम्बेले, रिकी पुज, नेटो, फिलिपे कोउटिन्हो, क्लेमेन्ट लेङलेट, पेड्री, त्रिनकाओ, जोर्डी अल्बा, मथिअस पारेरा, जुनिअर फिर्पो, इनाकी पेना, ओस्कार मिन्गुएजा, कोनराड डे ला फुएन्ते

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.