default_image

3 years ago

November 24, 2020

सिटीले मेस्सी नकिन्ने

एजेन्सी – लिओनल मेस्सीले सिजनको सुरुवातमै बार्सिलोना छाड्न चाहेका थिए । जसले विश्वभर चर्चा भएको थियो । धेरैलाई लागेको थियो, बार्सिलोना छाडे भने मेस्सी पूर्व प्रशिक्षक पेप ग्वार्डिओलोको टोली म्यानचेस्टर सिटी जानेछन् । तर, क्लबसँग विवाद चर्काउन उपयुक्त नहुने भन्दै मेस्सीले अर्को एक सिजन क्याटलान क्लबमै बस्ने निर्णय गरे । अहिले पनि परिस्थिति फेरिएको छ […]

112 views

0 Bookmark

एजेन्सी – लिओनल मेस्सीले सिजनको सुरुवातमै बार्सिलोना छाड्न चाहेका थिए । जसले विश्वभर चर्चा भएको थियो । धेरैलाई लागेको थियो, बार्सिलोना छाडे भने मेस्सी पूर्व प्रशिक्षक पेप ग्वार्डिओलोको टोली म्यानचेस्टर सिटी जानेछन् ।

तर, क्लबसँग विवाद चर्काउन उपयुक्त नहुने भन्दै मेस्सीले अर्को एक सिजन क्याटलान क्लबमै बस्ने निर्णय गरे । अहिले पनि परिस्थिति फेरिएको छ । सिटीले अर्को सिजन अर्जेन्टिनी सुपर स्टारलाई लिने सम्भावना कमजोर भएको छ ।

यो सिजनपछि मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिनेछ । यो सिजन बार्सिलोना बसेपछि अर्को वर्ष मेस्सी सिटी जानसक्ने धेरैले अनुमान गरिएका छन् । तर सिटीले उनको चर्को पारिश्रमिक र पाको हुँदै गएको उमेरका कारण नलिने सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अर्को वर्ष मेस्सी ३४ वर्षको हुनेछन् । उनको क्षमतामा धेरै शंका नहोला तर, सिटीले उनको लागि ठूलो रकम खर्च गर्नुपर्ने भएकाले पनि प्रस्ताव नगर्ने सम्भावना छ ।

‘जहाँ सम्म मैले जानकारी पाएको छु । सिटीले मेस्सीका लागि प्रस्ताव गर्ने छैन । मेरो सुचनाका आधारमा उनका लागि ढोका बन्द भएको छ,’ खेलाडीका बारेमा जानकारी राख्ने एक स्रोतदे मार्कालाई भनेका छन्, ‘आर्थिक कारण र मेस्सीको उमेरका कारण सिटीले प्रस्ताव गर्ने छैन ।’

पछिल्लो १७ वर्ष उच्च स्तरको प्रदर्शन गरिरहेका मेस्सीले आउने दिनमा त्यस्तै प्रदर्शन गर्न सक्लान् भन्ने आशंका छ । मेस्सीले अहिले पनि बर्षको झन्डै सय मिलियन युरो आम्दानी गरिरहेका छन् । विश्वको कुनै पनि फुटबल क्लबका लागि त्यो पारिश्रमिक निकै ठूलो लगानी हो । कोराना महामारीका कारण अहिले अधिकांश क्लबको आम्दानीमा ठूलो असर गरेका छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.