default_image

3 years ago

November 24, 2020

रोनाल्डोको भविष्य युभेन्टसमै

एजेन्सी – पछिल्लो पटक अन्तर्राष्ट्रिय विश्रामका दौरान युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो नयाँ क्लबमा जाने विषयमा चर्चा भएको थियो । तर, पोर्चुगलको कप्तान समेत रहेका रोनाल्डो सन् २०२२ सम्म सम्झौता रहँदा सम्म युभेन्ट्समै रहने विश्वास गरिएको छ । टुरिनबाट प्रकाशित हुने टुटो स्पोर्टसले रोनाल्डो आफै पनि सम्झौता रहँदा सम्म युभेन्ट्समै रहने प्रकाशित भएको थियो । […]

56 views

0 Bookmark

एजेन्सी – पछिल्लो पटक अन्तर्राष्ट्रिय विश्रामका दौरान युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो नयाँ क्लबमा जाने विषयमा चर्चा भएको थियो । तर, पोर्चुगलको कप्तान समेत रहेका रोनाल्डो सन् २०२२ सम्म सम्झौता रहँदा सम्म युभेन्ट्समै रहने विश्वास गरिएको छ ।

टुरिनबाट प्रकाशित हुने टुटो स्पोर्टसले रोनाल्डो आफै पनि सम्झौता रहँदा सम्म युभेन्ट्समै रहने प्रकाशित भएको थियो । टोलीका प्रशिक्षक आन्द्रे पिर्लोसँग रोनाल्डोको सम्बन्ध हार्दिकतापूर्ण रहेको बताइन्छ ।

पिर्लो र रोनाल्डोबीचको पहिलो भेटघाटबाट नै उनीहरुबीचको सम्बन्ध राम्रो रहेको बताइन्छ । पिर्लो पनि रोनाल्डोलाई क्लबमा चाहन्छन् । रोनाल्डो पनि उनको पहिलो सिजनमा नयाँ प्रशिक्षकको योजनामा साथ दिन चाहन्छन् ।

‘उनीहरुबीच कुराकानी भएको छ,’ सञ्चारमाध्यममा भनिएको छ, ‘उनी २०२२ सम्म त्यहि रहनेछन् ।’ युभेन्ट्सका खेलकुद निर्देशक फाबियो पाराटिसीले पनि रोनाल्डो क्लबमै रहने विश्वास व्यक्त गरेका छन् ।
‘रोनाल्डोको भविष्यमा युभेन्ट्समै छ ‘, उनले भनेका छन्, ‘निश्चय नै समाचारहरु आउँछन् । तर हामीले त्यसमा चासो राख्न आवश्यक छैन ।’

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.