एजेन्सी – रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले इन्टरसँगको च्याम्पियन्स लिग खेल गुमाउने भएका छन् । बेन्जेमाले सोमबार एक्लै अभ्यास गरेका थिए ।

ला लिगामा शनिबार रियलले भिल्लारियलसँग खेल्दा बेन्जेमा खेलेका थिएनन् । मांसपेशीमा समस्या परेका कारण उनी त्यो खेलमा थिएनन् । धेरै खेल भएका कारण शरीरमा बढी भार परेको अनुमान गरिएको छ । त्यसका बाबजुद उनले जिम, मैदानमा पनि एक्लै अभ्यास गरेका थिए ।
इटालियन क्लबविरुद्ध खेल्दा जिनेजिद जिदानको टोलीमा लुका जोभिच हुने छैनन् । जोभिचलाई कोरोना संक्रमण भएका कारण उनी टोलीमा छैनन् । भिल्लारियलविरुद्ध गोल गरेका मारियानो डियाजले भने इन्टरविरुद्ध सुरुवात गर्न सक्छन् ।
कासेमिरो टोलीमा उपलब्ध हुँदा इडेर मिलोटो पिसिआर नतिजाको पर्खाइमा छन् । ब्राजिलियन डिफेन्डरले सोमबारको प्रशिक्षणमा भाग लिएनन् । इडेन हाजार्डले भने टोलीसँग अभ्यास गरेका थिए । तर सजियो रामोस र फेडे भालभेर्डे भने चोटमुक्त हुनका लागि प्रयासरत छन् । अल्भारो ओर्डिजोला पनि चोटका कारण मैदान बाहिर छन् ।
पुर्ण टोली
गोलरक्षक – थिवाउट कोर्टुवा, लुनिन र अल्टुव
डिफेन्डर – कार्भाजल, राफयल भरान, नाचो फर्नान्डेज, मार्सेलो, फर्लान्ड मेन्डी, र भिक्टर चुस्ट
मिडफिल्ड – टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, मार्टिन ओडेगार्ड र इस्को
फरवार्ड – हाजार्ड, एसेन्सियो, भाज्केज, भिनिसियस, मारियानो, रोड्रिगो गोएस र ह्युगो डुरो ।