एजेन्सी – कोरोना भाइरसको नेगेटिभ नतिजासँगै ब्राजिली सेन्ट्रल मिडफिल्डर क्यासेमिरो स्पेनिस क्लब रियल म्याड्रिडको टोलीमा समेटिएका छन् ।

प्रशिक्षक जिनेदिन जिदानले च्याम्पियन्स लिग अन्तरगतको समूह ‘बी’ मा इन्टर मिलानविरुद्धको महत्वपुर्ण खेलमा क्यासेमिरोलाई टोलीमा समेटेका हुन् । रियलले बुधबार राति इन्टर मिलानसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
रियल समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । बोरुसिया मोन्चेनग्लाडवाकको ५ तथा साख्तर डोनेस्क ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । इन्टर २ अंकसहित पुछारमा छ ।
कोरोना संक्रमणका कारण क्यासेमिरोले भिल्लारियलसँग १–१ गोलको बराबरीको खेल गुमाएको थियो । भिल्लारियलविरुद्धको खेलमा कप्तान सर्जियो रामोस, इडर मिलिटाओ र करिम बेन्जेमा पनि टोली बाहिर रहेका थिए ।
बेन्जेमा चोटका कारण टोली बाहिर छन् । उनले सोमबार एक प्रशिक्षण गरेका थिए । मिलिटाओ कोरोनाकै कारण टोली बाहिर छन् ।
इन्टरविरुद्धको टोलीमा बेन्जेमा, मिलिटाओ, सर्जियो रामोस, फेडरिको भाल्भेर्डे, अल्भारो ओर्डिजोला र लुका जोभिक टोलीमा रहने छैन । सोही कारण जिदानले भिक्टर चुस्ट र ह्युगो डुरोलाई टोलीमा समेटेका छन् ।
पुर्ण टोली
गोलरक्षक – थिवाउट कोर्टुवा, लुनिन र अल्टुव
डिफेन्डर – कार्भाजल, राफयल भरान, नाचो फर्नान्डेज, मार्सेलो, फर्लान्ड मेन्डी, र भिक्टर चुस्ट
मिडफिल्ड – टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, मार्टिन ओडेगार्ड र इस्को
फरवार्ड – हाजार्ड, एसेन्सियो, भाज्केज, भिनिसियस, मारियानो, रोड्रिगो गोएस र ह्युगो डुरो ।