default_image

3 years ago

November 24, 2020

मेस्सीबिनाको बार्सिलोना अपराजित रहने लक्ष्यमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको चौथो खेलमा डिनामो किएभको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १:४५ बजे सुरु हुनेछ । बार्सिलोनाको प्रशिक्षक रोनाल्ड कोम्यानले खेलको पूर्वसन्ध्यामा च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण कप्तान लिओनेल मेस्सीलाई विश्राम दिने निर्णय सार्वजनिक गरेका थिए । उनले कप्तानसँगै मिडफिल्डर फ्रान्की डे जोङलाई […]

53 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको चौथो खेलमा डिनामो किएभको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १:४५ बजे सुरु हुनेछ ।

बार्सिलोनाको प्रशिक्षक रोनाल्ड कोम्यानले खेलको पूर्वसन्ध्यामा च्याम्पियन्स लिगमा खासै दबाब नभएका कारण कप्तान लिओनेल मेस्सीलाई विश्राम दिने निर्णय सार्वजनिक गरेका थिए । उनले कप्तानसँगै मिडफिल्डर फ्रान्की डे जोङलाई पनि विश्राम दिएका छन् । डिफेन्डरद्वय सर्जी रोबर्टो र जेरार्ड पिके एटलेटिको विरुद्ध खेलमा घाइते भएका थिए । यी दुवै लामो समय मैदानबाहिर रहने छन् । मिडफिल्डर ओस्मान डेम्बेले भने काँधको चोटका बाबजुद टोलीमा समेटिएका छन् ।

‘ हामीसँग चोटका कारण केहि मुख्य खेलाडी बाहिर छन् । किएभविरुद्ध मेस्सी र डे जोङलाई विश्राम दिने निर्णय गरेका छौं । च्याम्पियन्स लिगमा हामीलाई केहि सहज अवस्था छ । ९ अंक जोडेकोले खासै चिन्ता लिनुपर्ने छैन । यी दुई खेलाडीले लगातार खेलिरहेकाले पनि विश्राम दिनुपर्ने छ ।’

प्रशिक्षक कोम्यानले १९ खेलाडी सम्मिलित टोली घोषणा गर्दै किएभविरुद्ध तयारी पूरा भएका जनाए । गोलरक्षक मार्क आन्देर टेर स्टेगन एटलेटिकोविरुद्ध खराब प्रदर्शनपछि टोलीमा समेटिएका छन् । यस्तै एन्टोइन ग्रिजमन र पेड्रीले टोलीको आक्रमण सम्हाल्ने अनुमान गरिएको छ । अन्सु फाती चोटकै कारण लामो समयका लागि विश्राममा छन् ।

किएभका लागि पहिलो रोजाइका नौ खेलाडी कोरोना संक्रमणका कारण अनुपस्थित रहने सम्भावना छ । यस्तै मिकिता बुर्दा, भोलोदिमिर कोस्तेभिच, ओल्क्जेन्दर तिम्सिक र नाजारी रुसिन पनि चोटका कारण बाहिर रहेका छन् । यसअघि भएको भिडन्तमा बार्सिलोनाले २-१ को जित दर्ता गरेको थियो । उक्र खेलमा गोल गरेका डिफेन्डर पिके र कप्तान मेस्सी दुवै बार्सिलोनासँग उपलब्ध छैनन् ।

बार्सिलोनाले हालसम्म किएभविरुद्ध खेलेको सबै खेलमा जित हासिल गरेको छ । सबै खेलमा कम्तिमा २ गोल गरेको रेकर्ड पनि बार्सिलोनासँग छ । यस सिजन सुरुवाती तीनै खेलमा जित हासिल गरेको बार्सिलोना सोहि लयलाई निरन्तरता दिने सुरमा हुनेछ । यस खेलमा जित हासिल गरे बार्सिलोना अर्को चरणमा प्रवेश गर्नेछ ।

समूहको अर्को खेलमा इटालियन च्याम्पियन युभेन्टसले फेरेन्कभारोसको सामना गर्दैछ । उक्त खेलबारे पढ्नुहोस : युभेन्टस फराकिलो जितको खोजीमा

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.