default_image

3 years ago

November 25, 2020

सानदार जितसँगै बार्सिलोना नकआउट चरणमा

एजेन्सी – कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार डिनामो किएभको मैदानमा ४-० को सानदार जित दर्ता गरेको छ । लगातार चौथो जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल र एक असिस्ट प्रदान गरे । सर्जिनो डेस्टले अग्रता दिलाएको बार्सिलोनाका लागि एन्टोइन ग्रिजमनले अन्त्यतिर गोलअन्तर बढाएका थिए […]

53 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार डिनामो किएभको मैदानमा ४-० को सानदार जित दर्ता गरेको छ ।

लगातार चौथो जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल र एक असिस्ट प्रदान गरे । सर्जिनो डेस्टले अग्रता दिलाएको बार्सिलोनाका लागि एन्टोइन ग्रिजमनले अन्त्यतिर गोलअन्तर बढाएका थिए । सन् २०१६ यता समूह चरणमा अपराजित रहेको बार्सिलोनाले पछिल्लो २३ खेलमा हार बेहोरेको छैन ।

पहिलो हाफमा दबाब बनाउनका बाबजुद बार्सिलोना अग्रता लिनबाट चुकेको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा ब्रेथवेटको पासमा डेस्टले गोल गर्दै अग्रता दिलाए । त्यसको ५ मिनेटपछि नै डेब्यु गरिरहेका डिफेन्डर ओस्कार मिन्गुएजाको पासमा ब्रेथवेटले अग्रता दोब्बर पारे ।

७० औं मिनेटमा ब्रेथवेटले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ उन्मुख गराएका थिए । ब्रेथवेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै सानदार जित पक्का गरे । उनले जोर्डी अल्बाको पासमा गोल गरेका थिए ।

बार्सिलोनाको जितमा जारि सिजन पहिलो पटक सुरुवाती रोजाइमा परेका फरवार्ड ब्रेथवेटले प्रभावशाली प्रदर्शन गरे । पहिलो गोलमा असिस्ट दिएका उनले दोस्रो गोलमा मिन्गुएजाको फ्लिकलाई नियाँत्रन्म लिँदै गोल गरे । त्यसपछि आफैं पेनाल्टी जितेका उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

मुख्य डिफेन्डर जेरार्ड पिकेको अनुपस्थितिमा डेब्यु गरेका २१ वर्षीय मिन्गुएजाले पनि राम्रो प्रदर्शन गरे । युवा खेलाडी फ्रान्सिस्को त्रिन्काओ, जुनिअर फिर्पो र कार्लेस एलेनाको प्रदर्शन पनि लोभलाग्दो थियो । बार्सिलोनाले युवा खेलाडीलाई प्राथमिकता दिँदै उतारेको पहिलो रोजाइ सन् २०११ डिसेम्बर यता नै सबैभन्दा कम उमेरको थियो ।

यस जितसँगै बार्सिलोनाले नकआउट चरणमा स्थान पक्का गरेको छ । ४ खेलमा ४ जितसहित १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्टसको ९ अंक रहेको छ । किएभ र फेरेन्कभारोसको १-१ अंक छ ।

गोलको भिडियोहरु :

सर्जिनो डेस्ट (०-१)

मार्टिन ब्रेथवेट (०-२)

मार्टिन ब्रेथवेट (०-३)

एन्टोइन ग्रिजमन (०-४)

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

Success

Thank you for your time.