एजेन्सी – खेलको अन्तिम समयमा गोलरक्षकले गल्ती गरेपछि युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको खेलमा फेरेन्कभारोसलाई २-१ ले पराजित गरेको छ ।

इटालियन च्याम्पियनलाई हंगेरीको च्याम्पियनले बराबरीमा रोक्ने देखिएपनि अन्तिम समयमा गोलरक्षक डेनेस डिबुस्जले गम्भीर गल्ति गर्दा युभेन्टस जित हासिल गर्न सफल भयो । जुआन क्वाडराडोको क्रसमा अल्भारो मोराटाको फितलो हेडर गोलरक्षक डिबुस्जको खुट्टामुनिबाट गोलमा परिणत भएको थियो ।
खेलको १९ औं मिनेटमा पाहुना टोली फेरेन्कभारोसले अग्रता लिएको थियो । मिरोत उजुनीले पेनाल्टी क्षेत्रभित्र डिफेन्डरलाई उछिन्दै गोल गरेका थिए । ३५ औं मिनेटमा युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलमा बराबरी गर्यो । रोनाल्डोले क्वाडराडोको पासलाई नियन्त्रणमा लिँदै झन्डै २० यार्ड टाढाबाट बायाँ खुट्टाले गरेको प्रहार गोल भएको थियो ।

दोस्रो हाफमा युभेन्टसले एकपक्षीय प्रदर्शन गरेपनि गोल गर्न भने इन्ज्युरी समयसम्म नै कुर्नुपर्यो । युभेन्टसको अन्तिम समयको जितसँगै बार्सिलोनाको जितले इटालियन टोली अर्को चरण प्रवेश गर्न सफल रहयो । बार्सिलोनाले किएभमा ४-० को जित हासिल गरेपछि दुवै टोली अर्को चरण प्रवेश गरेका हुन् ।
बार्सिलोनाको ४ खेलमा १२ अंक छ भने युभेन्टस ९ अंकसहित दोस्रो स्थानमा छ । किएभ र फेरेन्कभारोसको समान १-१ अंक छ । गोलअन्तरमा किएभ तेस्रो स्थानमा रहेको छ ।
यो पनि पढ्नुहोस : सानदार जितसँगै बार्सिलोना नकआउट चरणमा
गोलको भिडियोहरु :
मिरोत उजुनी (०-१)
#JuveFerencvaros ~ #UCL
— بـســـــــــGOALــــــامـــ (@GOAL6006) November 24, 2020
يوفنتوس 2 × 1 فرينكفاروزي | أهداف المباراة – ALL GOALS 🎥
ــــــــــــــــــــــــــــــــــــــــــــ
to never miss any goal Follow @BASAMGOAL_ pic.twitter.com/FJT6BWCsVU
क्रिस्टियानो रोनाल्डो (१-१)
#JuveFerencvaros ~ #UCL
— بـســـــــــGOALــــــامـــ (@GOAL6006) November 24, 2020
هدف رونالدو كامل مع الاعادات 🎥👏👏🚀
ــــــــــــــــــــــــــــــــــــــــــــ
to never miss any goal Follow @BASAMGOAL_ pic.twitter.com/SpracY1tfM
अल्भारो मोराटा (२-१)
#JuveFerencvaros ~ #UCL
— بـســـــــــGOALــــــامـــ (@GOAL6006) November 24, 2020
يوفنتوس 2 × 1 فرينكفاروزي | هددددددددددددددددددف موراتا 🎥😍😍😍
ــــــــــــــــــــــــــــــــــــــــــــ
to never miss any goal Follow @BASAMGOAL_ pic.twitter.com/T5JXwkdQhz