एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले पेनाल्टीमा गोल गरेपछि यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले आरबी लाइप्जिगलाई १-० ले पराजित गरेको छ ।

खेलको ११ औं मिनेटमा नेयमारले पेनाल्टीमा गरेको गोल नै निर्णायक सावित भयो । पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । च्याम्पियन्स लिगको पछिल्लो ५ खेलमा गोल गर्न नसकेका नेयमारले उक्त खडेरी तोड्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
पाहुना टोली लाइप्जिगले खेल अवधिभर थुप्रै अवसर सिर्जना गरेपनि फिनिसिङमा चुक्दा खेल बराबरी गर्न सकेन । डेयोट उपमेकानो, एमिल फोर्सबर्ग र मार्सल साबिट्जर तीनैले लाइप्जिगका लागि गोल गर्ने अवसर खेर फालेका थिए । पीएसजीले भने यस जितसँगै अंक तालिकामा लाइप्जिगलाई उछिन्न सफल रहयो ।

चौथो चरणको खेल सकिँदा समूह एचमा म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा छ । युनाइटेडले ४ खेलमा ९ अंक जोडेको छ । पीएसजी र लाइप्जिगको समान ६-६ अंक रहेपनि पीएसजी माथि रहेको छ । पुछारको इस्तानबुलले ३ अंक जोडेको छ ।
नेयमार गोल (१-०)
Fun Neymar is fun, what a surprise! pic.twitter.com/LD0URn5oBb
— Antonio Losada (@chapulana) November 24, 2020