एजेन्सी – युवा फरवार्ड एर्लीङ हालान्डले सानदार प्रदर्शन गरेपछि बोरुसिया डर्टमुन्डले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार क्लब ब्रुगलाई ३-० ले पराजित गर्यो ।

डर्टमुन्डको जितमा हालान्डले दुई तथा जेडन सान्चोले एक गोल गरे । च्याम्पियन्स लिगको १२ औं खेल खेलिरेहाका हालान्डले प्रतियोगितामा १५ गोल पनि पूरा गरे । च्याम्पियन्स लिगमा १५ गोल पूरा गर्न सबैभन्दा कम खेल खेल्ने खेलाडी पनि हालान्ड बने । उनले यसअघि रुड भान निस्टलरोय र रोबर्टो सोल्डाडोले राखेको कीर्तिमानभन्दा ७ खेल कम खेलेका हुन् ।
खेलको १८ औं मिनेटमा सान्चोको थ्रु बललाई नियन्त्रणमा लिँदै हालान्डले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा सान्चोले गोल गरेपछि डर्टमुन्ड सहज जिततर्फ अग्रसर देखिएको थियो । सान्चोले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा गोल गरेका थिए ।

दोस्रो हाफको ६० औं मिनेटमा हालान्डले ब्रुगको कमजोर डिफेन्सको फाइदा उठाउँदै व्यक्तिगत दोस्रो गोल गरे । यसअघि च्याम्पियन्स लिगमा सबैभन्दा छिटो १० गोल पूरा गर्ने खेलाडी बनेका सान्चो थप कीर्तिमान लेख्ने दाउमा छन् । उनले गत साता मात्र गोल्डेन ब्वाई अवार्ड जितेका थिए ।
समूहको अर्को खेलमा लाजियोले जेनिट सेन्ट पिटर्सबर्गलाई ३-१ ले पराजित गर्यो । लाजियोको जितमा चिरो इम्मोबिलेले २ तथा मारको पारोलोले १ गोल गरे । आर्टेम ज्युबाले जेनिटको एकमात्र गोल गरेका थिए ।

डर्टमुन्डलाई अब अर्को चरणमा प्रवेश गर्न एक अंक आवश्यक छ । ४ खेलमा ९ अंकसहित जर्मन टोली शीर्षस्थानमा छ । दोस्रो स्थानको लाजियोले ४ खेलमा २ जित र २ बराबरीसहित ८ अंक जोडेको छ । ब्रुगको २ तथा जेनिटको १ अंक रहेको छ ।
हालान्ड (१-०)
Erling Haaland scores… Obviously. pic.twitter.com/OPp1JsGLqO
— DeShaun (@DeshaunTalks) November 24, 2020
सान्चो (२-०)
Sancho with a sensational free kick. pic.twitter.com/vBOetR8yzL
— DeShaun (@DeshaunTalks) November 24, 2020
हालान्ड (३-०)
Brace for Haaland… He's not human. pic.twitter.com/GUCVFb0G5r
— DeShaun (@DeshaunTalks) November 24, 2020