default_image

3 years ago

November 25, 2020

बार्सिलोनाको जितले युभेन्टस अन्तिम १६ मा, चेल्सी र सेभिल्ला अघि बढे

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बार्सिलोनाले डिनामो किएभलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्यो । बार्सिलोनाको जितले समूह जी को इटालियन टोली युभेन्टसलाई पनि फाइदा पुग्यो । युभेन्टसले समूह चरणमा यसअघि बार्सिलोनासँग २-० को हार बेहोरेको थियो । त्यसकारण टोलीको ३ खेलमा ६ अंक थियो । एकतर्फ बार्सिलोनाले किएभलाई पराजित गर्नु […]

56 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बार्सिलोनाले डिनामो किएभलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्यो । बार्सिलोनाको जितले समूह जी को इटालियन टोली युभेन्टसलाई पनि फाइदा पुग्यो ।

युभेन्टसले समूह चरणमा यसअघि बार्सिलोनासँग २-० को हार बेहोरेको थियो । त्यसकारण टोलीको ३ खेलमा ६ अंक थियो । एकतर्फ बार्सिलोनाले किएभलाई पराजित गर्नु र आफ्नो खेलमा फेरेन्कभारोसलाई पराजित गरेपछि युभेन्टसले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

युभेन्टसले फेरेन्कभारोसलाई पराजित गर्न इन्ज्युरी समयको गोल कुर्नुपर्यो । खेलमा दबाब बनाएपनि हंगेरीको टोलीको रक्षात्मक रणनीति तोड्न निकै कठिन परेको थियो । तर अल्भारो मोराटाले इन्ज्युरी समयमा गरेको हेडरमा गोलरक्षकले गम्भीर गल्ती गरेपछि युभेन्टस जित हासिल गर्न सफल रहयो ।

समूह जी मा बार्सिलोना ४ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा छ । ४ खेलमा ९ अंक जोडेको युभेन्टस पनि अर्को चरण पुगेको छ । १-१ अंक बोकेका किएभ र फेरेन्कभारोस भने युरोपा लिग स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै समूह ई मा चेल्सी र सेभिल्ला दुवैले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । सेभिल्लाले क्राज्नोदार तथा चेल्सीले रेन्नेसको मैदानमा २-१ को जित दर्ता गर्दै अर्को चरणमा प्रवेश गरे । दुवै चेल्सी र सेभिल्लाको ४ खेलमा १०-१० अंक छ । क्राज्नोदार र रेन्नेसले १-१ अंक जोडेका छन् ।

समूह एचमा भने हालसम्म सबै टोलीको सम्भावना खुला छ । म्यान्चेस्टर युनाइटेडले इस्तानबुललाई ४-१ ले पराजित गर्दा पीएसजीले लाइप्जिगको मैदानमा १-० को जित निकाल्यो । अंक तालिकामा युनाइटेड ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा छ । पीएसजी र लाइप्जिगको ६-६ अंक छ । इस्तानबुल पनि ३ अंकसाथ अर्को चरणमा पुग्ने प्रयासमै छ ।

समूह एफमा डर्टमुन्डले ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा पकड बनेको छ । डर्टमुन्डले ब्रुगलाई ३-० ले हराउँद लाजियोले जेनिटमाथि ३-१ को जित दर्ता गरेको थियो । अपराजित लाजियोको ४ खेलमा ८ अंक छ । ब्रुगले ४ अंक जोड्दा जेनिट १ अंकसहित पुछारमा छ ।

खेलका नतिजा र गोलहरु हेर्नुहोस :

हालान्ड चम्कँदा डर्टमुन्डको जित

नेयमारको पेनाल्टीमा पीएसजीको जित

इन्ज्युरी समयमा युभेन्टसको जित

सानदार जितसँगै बार्सिलोना नकआउट चरणमा

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.