default_image

3 years ago

November 25, 2020

‘मेस्सीसँग खेल्दा सन्न्यास लिने सोच आयो’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा दुई सिजनअघि जनवरीमा इटालियन क्लब सासुओलोबाट घानाका मिडफिल्डर केभिन प्रिन्स बोटेङ लोनमा आएका थिए । बोटेङको आगमनले आम फुटबल समर्थक आश्चर्यचकित थिए नै, बोटेङ आफैंले पनि बार्सिलोनाके उनलाई अनुबन्ध गर्ने प्रस्ताव गर्यो भन्दा विश्वास गर्न सकेका थिएनन् । बोटेङले बार्सिलोनाबाट ६ महिना खेल्ने क्रममा स्पेनिस ला लिगा उपाधि जिते । […]

54 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा दुई सिजनअघि जनवरीमा इटालियन क्लब सासुओलोबाट घानाका मिडफिल्डर केभिन प्रिन्स बोटेङ लोनमा आएका थिए ।

बोटेङको आगमनले आम फुटबल समर्थक आश्चर्यचकित थिए नै, बोटेङ आफैंले पनि बार्सिलोनाके उनलाई अनुबन्ध गर्ने प्रस्ताव गर्यो भन्दा विश्वास गर्न सकेका थिएनन् । बोटेङले बार्सिलोनाबाट ६ महिना खेल्ने क्रममा स्पेनिस ला लिगा उपाधि जिते । यद्यपि मैदानभित्र भने उनले धेरै खेल्ने समय पाएनन् ।

३३ वर्षीय मिडफिल्डरले बार्सिलोनापछि फिओरेन्टिनाको जर्सी लगाए । त्यसपछि केहि समय बेसिक्टासमा खेलेका उनी हाल इटालियन फुटबलको दोस्रो श्रेणी क्लब मोन्जाबाट खेलिरहेका छन् । २०१८-१९ सिजन बार्सिलोनामा बिताएका उनले मेस्सीसँग प्रशिक्षण गर्दा सन्न्यास लिने सोच आएको बताए ।

‘बार्सिलोनामा बिताएको ६ महिना अविस्मरणीय रहयो । सुरुवातमा त बार्सिलोनाको क्लबले अनुबन्ध गर्न खोज्यो भन्दा एस्पान्योल भन्ने बुझें । तर पछि बार्सिलोना नै भनेपछि विश्वास गर्न सकिन ।’

‘मेस्सीसँग प्रशिक्षण गर्दा म निशब्द भएँ । मैले सधैं क्रिस्टियानो रोनाल्डो नै विश्वको सर्वोत्कृष्ट खेलाडी भन्थें । तर मेस्सी निकै फरक छन् । उनी असामान्य छन् ।’

‘उनीसँग प्रशिक्षण गर्दा मैले करिअरमा नै पहिलो पटक आफूमा केहि नपुगेको महसुस गरें । उनले मैदानभित्र खेलेको हेर्दा चकित परें । मलाई त लाग्यो, ‘अब पुग्यो, मैले सन्न्यास लिनुपर्छ ।’

बोटेङ आफ्नो फुटबल करिअरमा एक यात्रीजस्तो रहेका छन् । उनले इंग्ल्यान्ड, जर्मनी, इटाली र स्पेनको क्लबबाट खेलेका छन् । आफ्नो करिअरमा टोटेनहम, एसी मिलान, बोरुसिया डर्टमुन्ड, बार्सिलोना लगायत क्लबबाट खेलेपनि उनले अझै राम्रो गर्न सक्ने क्षमता आफुमा रहेको बताए ।

विशेषगरी सन् २००७ देखि २००९ सम्म टोटेनहमबाट खेल्दा मैदानभित्रको असफलता लुकाउन उनले मैदान बाहिर अनेक प्रयास गरेर भुल्न चाहेको स्वीकारे ।

‘टोटेनहम जाँदा म निकै युवा थिएँ । मैले एक समय आफ्नो मनभित्रको पिडा बिर्साउन तीन ओटा सानदार कार किने । म खुसी किन्ने प्रयास गरिरहेको थिएँ । मैदानमा खेल्न नपाए म खुसी थिइनँ र बाहिर अनेक चर्तिकला गर्न पुगें । यदि अहिले पाएँ भने त्यो समय परिवर्तन गर्न चाहन्छु ।’

‘अधिकांश समय मैले आत्मविश्वासका साथ आफ्नो कला र कौशलमा भर गरेको छु । कहिले पनि घमण्ड गरिन । मैले चाहेको भए अझै राम्रो गर्न सक्थें । तर यसका बाबजुद मेरो करिअर सुन्दर रहयो ।’

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.