एजेन्सी – विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्षका उत्कृष्टलाई सम्मान गर्नका लागि स्थापना गरेको द बेस्ट अवार्डको सन् २०२० का लागि मनोनयन सार्वजनिक भएको छ ।

पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई प्रदान गरिने अवार्डका लागि ११ खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । खेलाडी सुची यसप्रकार छ :
थियागो अलाकान्टरा (स्पेन/ बायर्न म्युनिख/ लिभरपुल)
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल/युभेन्टस)
केभिन डे ब्रुएन (बेल्जियम/म्यानचेस्टर सिटी)
रोबर्ट लेवान्डोस्की (पोल्यान्ड/बायर्न म्युनिख)
साडियो माने (सेनेगल/लिभरपुल)
किलियन एम्बापपे (फ्रान्स/पेरिस सेन्ट जर्मेन)
लिओनेल मेस्सी (अर्जेन्टिना/बार्सिलोना)
नेयमार (ब्राजिल/पेरिस सेन्ट जर्मेन)
सर्जियो रामोस (स्पेन/रियल म्याड्रिड)
मोहमद सलाह (इजिप्ट/लिभरपुल)
भर्जिल भान डाइक (नेदरल्यान्ड्स/लिभरपुल)
यस्तै फिफाले उत्कृष्ट गोलरक्षकलाई फरक विधा तोक्दै सम्मान गर्दै आएको छ । द बेस्ट गोलरक्षकको मनोनयनमा पर्न सफल खेलाडीहरु :

एलिसन बेकर (ब्राजिल/लिभरपुल)
थिबाउट कोर्टुवा (बेल्जियम/रियल म्याड्रिड)
केलर नाभास (कोस्टारिका/पेरिस सेन्ट जर्मेन)
म्यानुएल नोएर (जर्मनी/बायर्न म्युनिख)
जान ओब्लाक (स्लोभेनिया/एटलेटिको म्याड्रिड)
मार्क आन्दर टेर स्टेगन (जर्मनी/बार्सिलोना)
द बेस्ट प्रशिक्षकका लागि मनोनयन सुची :

मार्सेलो बिएस्ला (अर्जेन्टिना/लिड्स युनाइटेड)
हान्सी फ्लिक (जर्मनी/बायर्न म्युनिख)
योर्गेन क्लोप (जर्मनी/लिभरपुल)
जुलेन लोपेटेगुइ (स्पेन/सेभिल्ला)
जिनेदिन जिदान (फ्रान्स/रियल म्याड्रिड)