default_image

3 years ago

November 25, 2020

च्याम्पियन्स लिगमा आज : विस्तृत जानकारी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार चौथो चरणको खेल अन्तर्गत समूह ए देखि डी सम्मका खेल हुँदैछन् । केहि टोलीले नकआउट चरणमा स्थान पक्का गर्दा केहि टोली उक्त सम्भावना जीवित राख्ने प्रयासमा हुनेछन् । गत सिजन च्याम्पियन्स लिग उपाधि जितेको बायर्न सोहि लयलाई कायम राख्दै एक पछि अर्को कीर्तिमान तोडिरहेको छ । गत सिजन […]

41 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार चौथो चरणको खेल अन्तर्गत समूह ए देखि डी सम्मका खेल हुँदैछन् । केहि टोलीले नकआउट चरणमा स्थान पक्का गर्दा केहि टोली उक्त सम्भावना जीवित राख्ने प्रयासमा हुनेछन् ।

गत सिजन च्याम्पियन्स लिग उपाधि जितेको बायर्न सोहि लयलाई कायम राख्दै एक पछि अर्को कीर्तिमान तोडिरहेको छ । गत सिजन सबै खेल जित्ने क्रममा २४ गोल गरेर मात्र ५ गो खाएको बायर्न यो सिजन पनि सोहि स्तरमा खेलिरहेको छ । पछिल्लो खेलमा साल्जबर्गलाई ६-२ ले हराएको बायर्नले ३ खेलमा १२ गोल गरिसकेको छ ।

आज घरेलु मैदानमा साल्जबर्गविरुद्ध नै बायर्न अर्को कीर्तिमान रच्ने सुरमा हुनेछ । प्रतियोगितामा लगातार जितको कीर्तिमानलाई १५ औं खेलसम्म लम्ब्याउने लक्ष्यमा बायर्न हुनेछ । आजको खेलमा जित हासिल गरे बायर्न अन्तिम १६ मा पनि प्रवेश गर्नेछ ।

यसै समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोसँग खेल्दैछ । पछिल्लो खेलमा एटलेटिकोलाई १-१ को बराबरीमा रोकेपनि स्पेनिस टोली ला लिगामा बार्सिलोनालाई हराएपछि उच्च मनोबलमा छ । आजको खेलमा जित हासिल गरे एटलेटिको नकआउट चरणको नजिक पुग्नेछ ।

युरोपेली फुटबलका महारथी रियल म्याड्रिड र इन्टर मिलान सम्मिलित समूह बी मा भने निकै कडा प्रतिस्पर्धा भइरहेको छ । सबै टोलीको शीर्षस्थानमा रहने सम्भावना जीवित रहेको यस समूहमा आज अर्को चरणमा पुग्ने टोलीको छिनोफानो लाग्ने छैन । यद्यपि अर्को चरणमा पुग्ने सम्भावना बलियो पार्न जितको आवश्यकता भने सबैलाई छ ।

पुछारको इन्टर मिलानले रियल म्याड्रिडको सामना गर्दा शीर्षस्थानको बोरुसिया मोन्चेनग्लाडबाकले शाख्तर डोनेस्कसँग खेल्दैछ । ग्लाडबाक ३ खेलमा ५ अंकसहित शीर्षस्थानमा छ भने रियल म्याड्रिड र शाख्तरको समान ४-४ अंक छ । जितविहिन इन्टर मिलानको २ अंक मात्र छ । आज इन्टरले जितेर शाख्तरले अंक जोडेको खण्डमा रियल पुछारमा फर्कनेछ ।

समूह सी मा म्यानचेस्टर सिटीले ओलाम्पियाकोसलाई पराजित गरे अर्को चरणमा पुग्नेछ । सिटीले ३ खेलमा ९ अंक जोड्दै शत प्रतिशत जितको सिलसिला कायम राखेको छ । एफसी पोर्टो पनि मार्सेविरुद्ध जित हासिल गर्दै ९ अंक बनाउन चाहन्छ ।

सिटीले ३ खेलमा ९ अंक जोड्दा पोर्टो ६ अंकसहित दोस्रो स्थानमा छ । ओलाम्पियाकोसले ३ अंक जोड्दा मार्से अंकविहिन छ । आजको खेलमा जित हासिल गर्न नसके मार्सेको नकआउट चरणमा पुग्ने सम्भावना समाप्त हुनेछ ।

समूह डी मा लिभरपुलले एटलान्टाको सामना गर्दा पछिल्लो खेलको नतिजा दोहोर्याउने प्रयास गर्नेछ । घरेलु मैदानमा ५-० को हार बेहोरेपछि इटालियन टोली कम्तिमा अंक खोस्ने लक्ष्यसहित एनफिल्डमा उत्रनेछ । लिभरपुलले यस खेलमा जित हासिल गरे अर्को चरणमा स्थान पक्का गर्नेछ । आयक्स पनि छनोटको सम्भावना बलियो पार्न एफसी मिट्जील्यान्डलाई हराउने सुरमा हुनेछ ।

लिभरपुल ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । आयाक्स र एटलान्टा दुवैको ४-४ अंक रहेको छ । सबै खेलमा हार बेहोरेको मिट्जील्यान्ड खाता खोल्ने प्रयासमा हुनेछ ।

खेल, समय र प्रसारण हुने च्यानल :

समूह ए : एटलेटिको म्याड्रिड विरुद्ध लोकोमोटिभ मस्को – रातको १:४५ बजे – सोनी सिक्स

समूह ए : बायर्न म्युनिख विरुद्ध साल्जबर्ग – रातको १:४५ बजे – सोनी टेन ३

समूह बी : बोरुसिया मोन्चेनग्लाडबाक विरुद्ध शाख्तर डोनेस्क – रातको ११:४० बजे – सोनी सिक्स

समूह बी : इन्टर मिलान विरुद्ध रियल म्याड्रिड – रातको १:४५ बजे – सोनी टेन २

समूह सी : ओलाम्पियाकोस विरुद्ध म्यानचेस्टर सिटी – रातको ११:४० बजे – सोनी टेन २

समूह सी : मार्से विरुद्ध पोर्टो – रातको १:४५ बजे

समूह डी : लिभरपुल विरुद्ध एटलान्टा – रातको १:४५ बजे – सोनी टेन १

समूह डी : आयाक्स विरुद्ध मिट्जील्यान्ड – रातको १:४५ बजे

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.