default_image

3 years ago

November 26, 2020

इन्टरको मैदानमा रियल म्याड्रिडको जित

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा इन्टर मिलानलाई पराजित गरेको छ । इन्टरको मैदानमा रियल म्याड्रिडले २-० को जित दर्ता गरेको हो । रियलले खेलको सातौं मिनेटमा नै इडेन हाजार्डको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र निकोलो बरेलाले नाचो फर्नान्डेजलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए […]

48 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा इन्टर मिलानलाई पराजित गरेको छ । इन्टरको मैदानमा रियल म्याड्रिडले २-० को जित दर्ता गरेको हो ।

रियलले खेलको सातौं मिनेटमा नै इडेन हाजार्डको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र निकोलो बरेलाले नाचो फर्नान्डेजलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । हाजार्डले गरेको प्रहारमा इन्टरका गोलरक्षक तथा कप्तान सामिर हान्डानोभिचले दिशा ठम्याएपनि बलसम्म पुग्न भने सकेनन् ।

अग्रता लिएको ५ मिनेटपछि नै रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । लुका मोड्रीचको पासमा लुकास भाज्केजको प्रहार पोस्टमा लागेर फर्कंदा रियल १-० ले नै अगाडी रहेको थियो । लगत्तै फर्लान्ड मेन्डीले वन भर्सेस वनको अवस्थामा पनि क्रस दिँदा भाज्केजको प्रहार पोस्टतर्फ जान सकेन ।

२६ औं मिनेटमा इन्टरका फरवार्ड रोमेलु लुकाकुको फ्रिकिक पोस्टभन्दा माथिबाट गयो । २८ औं मिनेटमा हाजार्डको प्रहारलाई गोलरक्षक हान्डानोभिचले बचाए । ३१ औं मिनेटमा टोनी क्रुसको प्रहार आकसिंदा रियलले बलमा पकड जमाएपनि अग्रता बढाउन सकेन ।

३३ औं मिनेटमा आर्टुरो भिडालले रातो कार्ड प्राप्त गरेपछि इन्टर मिलान १० खेलाडीमा समेटियो । पेनाल्टी क्षेत्रभित्र राफेल भारानले सहि ट्याकल गरेपनि पेनाल्टी मागेका भिडाललाई रेफ्री एन्थोनी टेलरले अत्याधिक कराएपछि पहेंलो कार्ड देखाएका थिए । तर कार्ड देखाएलगत्तै रेफ्रीमाथि पुन: जंगिएपछि टेलरले दोस्रो पहेंलो कार्ड देखाउँदै उनलाई मैदानबाहिर पठाए ।

दोस्रो हाफको ५९ औं मिनेटमा रियलका लागि रोड्रीगोले दोस्रो गोल गरे । मैदान प्रवेश गरेको ३० सेकेन्ड नबित्दै उनले लुकास भाज्केजको क्रसमा पेनाल्टी क्षेत्र भित्रबाट भली प्रहार गर्दै अग्रता दोब्बर पारेका थिए ।

त्यसअघि समूहकै अर्को खेलमा बोरुसिया मोन्चेन ग्लाडबाकले शाख्तर डोनेस्कमाथि ४-० को फराकिलो जित दर्ता गर्यो । पहिलो हाफमा नै ३-० को अग्रता लिएको घरेलु टोलीका लागि लार्स स्टिन्डल, निको एलेभेदी र ब्रिल एम्बोलोले गोल गरेका थिए । दोस्रो हाफमा ओस्कार वेन्टले गोल गर्दै फराकिलो जित पक्का गरे ।

चौथो चरणको खेल सकिँदा मोन्चेनग्लाडबाक ४ खेलमा ८ अंकसहित शीर्षस्थानमा छ । रियल म्याड्रिड ४ खेलमा ७ अंक सहित दोस्रो स्थानमा तथा शाख्तर ४ अंकसहित तेस्रो स्थानमा छ । इन्टर मिलान २ अंकसहित पुछारमा रहेपनि अर्को चरणमा छनोट हुने झिनो सम्भावना बाँकी छ ।

गोलहरु हेर्नुहोस :

इडेन हाजार्ड (०-१)

रोड्रीगो (०-२)

यो पनि : अपराजित बायर्न नकआउट चरणमा

लिभरपुल घरेलु मैदानमा पराजित

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.