default_image

3 years ago

November 26, 2020

लिभरपुल घरेलु मैदानमा पराजित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस च्याम्पियन लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित भएको छ । बुधबार भएको समूह डीको खेलमा लिभरपुल एटलान्टासँग २-० ले पराजित भएको हो । पछिल्लो खेलमा ५-० को जित हासिल गरेको लिभरपुलले बुधबार भने अपेक्षित प्रदर्शन गर्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा एटलान्टाले दबाब कायम राख्यो […]

53 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस च्याम्पियन लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित भएको छ । बुधबार भएको समूह डीको खेलमा लिभरपुल एटलान्टासँग २-० ले पराजित भएको हो ।

पछिल्लो खेलमा ५-० को जित हासिल गरेको लिभरपुलले बुधबार भने अपेक्षित प्रदर्शन गर्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा एटलान्टाले दबाब कायम राख्यो । पहिलो हाफमा कप्तान अलेहान्द्रो गोमेज र जोसिप इलिचिचले अवसर गुमाउँदा पाहुना टोलीले अग्रता लिने अवसर गुमाएको थियो ।

दोस्रो हाफमा भने इलिचिचले पहिलो हाफको गल्ति दोहोर्याएनन् । ६० औं मिनेटमा कप्तान गोमेजको पासमा गोल गर्दै इलिचिचले पाहुना टोलीलाई अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै इटालियन टोलीले अग्रता दोब्बर पार्यो । हान्स हाटबोएरको पासमा रोबिन गोसेन्सले गोल गर्दै लिभरपुललाई स्तब्ध पारे ।

समूहको अर्को खेलमा आयाक्सले अंकविहिन मिट्जील्यान्डमाथि ३-१ को सहज जित दर्ता गर्यो । आयाक्सको जितमा रायन ग्राभेनबर्च, नासेर मजरौइ र डेविड नेरेसले १-१ गोल गरे । मिट्जील्यान्डका लागि अवेर माविलले पेनाल्टीमा एक गोल फर्काए । सबै गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । यस हारसँगै मिट्जील्यान्ड समूह चरणबाट नै बाहिरिएको छ ।

यस नतिजाले समूह डीबाट अर्को चरणमा जान तीन टोलीको प्रतिस्पर्धा हुने भएको छ । शीर्षस्थानको लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ । आयाक्स र एटलान्टा ७-७ अंक जोड्दै अर्को चरणमा पुग्ने आसमा रहेका छन् ।

जोसिप इलिचिच (०-१)

रोबिन गोसेन्स (०-२)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.