default_image

3 years ago

November 26, 2020

जिदानको सम्झनामा म्याराडोना

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान टोलीको पछिल्लो प्रदर्शनबाट सन्तुष्ट देखिएका छन् । टोलीले बुधबार इन्टरलाई उसकै मैदानमा २–० ले हराएका थियो । च्याम्पियन्स लिगको अघिल्लो चरणको सम्भावनालाई बलियो बनाउन रियलका लागि जित आवश्यक थियो । इडन हाजार्ड र रोड्रिइो गोसको गोलमा रियलले जित दर्ता गरेको थियो । ‘सुरुवात देखि अन्तिम सम्म हामीले राम्रो […]

36 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान टोलीको पछिल्लो प्रदर्शनबाट सन्तुष्ट देखिएका छन् । टोलीले बुधबार इन्टरलाई उसकै मैदानमा २–० ले हराएका थियो ।

च्याम्पियन्स लिगको अघिल्लो चरणको सम्भावनालाई बलियो बनाउन रियलका लागि जित आवश्यक थियो । इडन हाजार्ड र रोड्रिइो गोसको गोलमा रियलले जित दर्ता गरेको थियो ।

‘सुरुवात देखि अन्तिम सम्म हामीले राम्रो खेल्यौं । हामीले गम्भिर र आफ्नो छवि अनुसार खेल्यौं,’ खेलपछि उनले भने, ‘यो महत्वपूर्ण ३ अंक हो । हामीले सकेको राम्रो गर्यौं । म खेलाडीका लागि खुसी छु । जति बेला राम्रो प्रदर्शन गर्नुपर्ने थियो, खेलाडी त्यसमा खरो उत्रेका छन् ।’

रियलका लागि हाजार्डले च्याम्पियन्स लिगमा पहिलो गोल गर्न सफल भएका छन् । पहिलो हाफमा हाजार्डको पेनाल्टीमा रियलले अग्रता लिएको थियो । जिदानले उनको तारिफमा भने, ‘हाजार्ड खेल्न चाहन्छन् । फेरि पनि उनले राम्रो प्रदर्शन गरे ।’

जिदानले अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाप्रति श्रद्धान्जली व्यक्त गरे । बुधबारको खेल सुरु हुनु केहि घन्टा अघि मात्र म्याराडोनाको मृत्युको खबर सार्वजनिक भएको थियो ।

‘विश्व फुटबलका लागि यो ठूलो क्षती हो,’ जिदानले स्मरण गरे, ‘सन् १९८६ को विश्व कपमा उनले जे गरे त्यसबाट म प्रभावित भएको हुँ । त्यति बेला म १४ वर्षको थिए । मसँग कुनै शब्द छैन । हामी सबै अन्त्यन्तै दुःखी छौं ।’

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.