default_image

3 years ago

November 27, 2020

आर्सनल युरोपा लिगको नकआउट चरणमा

एजेन्सी – इंग्लिस क्लब आर्सनल समूह चरणमा लगातार चौथो निकाल्दै युइएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको चौथो खेलमा नर्वेजियन क्लब मोल्देमाथि उसकै मैदानमा ३–० को सहज जित निकाल्दै आर्सनलले दुई खेल बाँकी छदै नकआउट चरणका स्थान पक्का गरेको हो । आर्सनलको सहज जितमा निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले […]

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनल समूह चरणमा लगातार चौथो निकाल्दै युइएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको चौथो खेलमा नर्वेजियन क्लब मोल्देमाथि उसकै मैदानमा ३–० को सहज जित निकाल्दै आर्सनलले दुई खेल बाँकी छदै नकआउट चरणका स्थान पक्का गरेको हो ।

आर्सनलको सहज जितमा निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । एकर स्टेडियम मोल्देमा बिहीबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा मोल्देले पाहुना टोली आर्सनललाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

खेलको तेस्रो मिनेटमा नै रेइस नेल्सन चुक्दा आर्सनलले अग्रता लिन सकेन । १३औं मिनेटमा नेल्सन र एलेसान्द्र लाकाजेटको समन्वयमा नेल्सनको प्रहारलाई मोल्देका गोलरक्षक एन्ड्रियस लिन्डेले बचाए । १५औं मिनेटमा घरेलु टोलीले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । माग्नस वल्फ इकरिमबाट इरिक हेस्टाड हुदै सिनयानको प्रहारलाई आर्सनलका गोलरक्षक रुनर एलक्स रुनारसनले बचाए ।

२१औं मिनेटमा ग्रानिट झाकाको पासमा निकोलस पेपेले गोल गर्न सकेनन् । ४८औं मिनेटमा पेपेको प्रहार क्रसबारमा लागेर फर्कदा आर्सनल अग्रता लिनबाट चुक्यो । ५०औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १–० ले अघि बढाए । उनले जोसेप विललकको पासमा पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए ।

५५औं मिनेटमा जोसेप विललककै पासमा रेइस नेल्सनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पार्‍यो । ८३औं मिनेटमा इमिल स्मिथ रोविको पासमा फोलारिन बालोगनले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै समूह ‘बी’ मा अपराजित रहेको आर्सनल ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित मोल्दे ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । रापिड वेइनको पनि ६ अंक नै रहेपनि गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ । डुन्डाल्क अंकविहीन हुदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा अष्ट्रियन क्लब रापिड वेइनले आयरल्यान्डको डुन्डाल्कमाथि ३–१ को सहज जित हात पारेको छ । रापिडको जितमा इर्कान काराले दुई तथा क्रिस्टोफले गोल गर्दा डुन्डाल्कका क्रिस सिल्डले एक गोल फर्काए । डुन्डाल्कका नाथन ओडुवाले पेनाल्टी चुकाएका थिए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.