default_image

3 years ago

November 27, 2020

एन्फाद्वारा एक वर्षपछि मोटरसाइकल हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्ष उदयमान खेलाडी घोषणा गरेका अभिषेक रिजाल र मञ्जली योन्जनलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल र स्कुटर प्रदान गरेको छ । एन्फाले शुक्रबार एक कार्यक्रमकाबीच अभिषेकलाई यामाहाको मोटरसाइकल र मञ्जलीलाई स्कुटर हस्तान्तरण गरेको हो । एन्फाले गत वर्ष ‘एन्फा दिवस’ को अवसरमा २०७५ सालका उत्कृष्ट […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्ष उदयमान खेलाडी घोषणा गरेका अभिषेक रिजाल र मञ्जली योन्जनलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल र स्कुटर प्रदान गरेको छ ।

एन्फाले शुक्रबार एक कार्यक्रमकाबीच अभिषेकलाई यामाहाको मोटरसाइकल र मञ्जलीलाई स्कुटर हस्तान्तरण गरेको हो । एन्फाले गत वर्ष ‘एन्फा दिवस’ को अवसरमा २०७५ सालका उत्कृष्ट खेलाडी र व्यक्तित्वलाई पुरस्कृत गरेको थियो । पुरुषतर्फ अभिषेक र महिलातर्फ मन्जलीलाई उदीयमान खेलाडी घोषणा गरेको थियो ।

तर, पुरस्कार रकम प्रदान गरेको थिएन । यस्तै एन्फाले गत वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हरि खड्का र लाइफटाइम अचिभमेन्ट अवार्ड भगिरथ आले ‘मामा’ लाई मोटरसाइकल प्रदान गरेका छन् । मामा कार्यक्रममा उपस्थित रहेनन् ।

पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्रीलाई मोटरसाइकल प्रदान गरिएको छ । महिलातर्फ उत्कृष्ट रेफ्री अस्मिता मानन्धर कार्यक्रममा सहभागी स्कुटर प्रदान गरिएको छ । एन्फाले गत वर्षदेखि बैशाख २२ लाई ‘एन्फा दिवस’को रुपमा मनाउने गरेको छ । यसवर्ष कोरोना महामारीका कारण ‘एन्फा डे’ स्थगित भएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.