default_image

3 years ago

November 28, 2020

म्यानचेस्टर सिटी र बर्नली भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आज राति घरेलु मैदानमा बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति ८ः४५ बजे इतिहाद स्टेडियममा हुनेछ । प्रिमियर लिगमा औसतको प्रदर्शन गर्दै १४औं स्थानमा रहेको सिटी बर्नलीलाई पराजित गर्दै आफ्नो पुरानो लयमा फर्कने अभियानमा हुनेछ । सिटीले ८ खेल खेल्दा समान ३ जित र बराबरी तथा २ हारबाट मात्रै […]

41 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आज राति घरेलु मैदानमा बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति ८ः४५ बजे इतिहाद स्टेडियममा हुनेछ ।

प्रिमियर लिगमा औसतको प्रदर्शन गर्दै १४औं स्थानमा रहेको सिटी बर्नलीलाई पराजित गर्दै आफ्नो पुरानो लयमा फर्कने अभियानमा हुनेछ । सिटीले ८ खेल खेल्दा समान ३ जित र बराबरी तथा २ हारबाट मात्रै १२ अंक जोड्न सकेको छ ।

सिटी शीर्ष स्थानको टोटेनहमसँग ८ अंकले पछि परिसकेको छ । यस्तोमा सिटी अंक तालिका सुधार गर्नको लागि पनि बर्नलीलाई हराउन आवश्यक छ । बर्नलीविरुद्ध सिटीका सर्जियो अगुइरो, ग्रावियल जेसस, फेरान टोरेस, रहिम स्ट्रलिङ, केभिन डि ब्रुयन, फर्नान्डिन्हो, रोड्री, रुवेन डियास, केल वाल्कर, एमेरिक लापोर्ट जोओ क्यान्सेलो र गोलरक्षक एडर्सन मोराइस टोलीमा हुनेछन् ।

यता, बर्नली पनि सिटीलाई स्तब्ध पार्दै रेलिगेसन जोनबाट माथि उठ्ने दाँउमा हुनेछ । बर्नली ५ अंक जोडेर १७औं स्थानमा रहेको छ । बर्नलीका लागि क्रिस वुड, जे रोड्रिग्वेज, एस्ले वेस्टवुड र चार्ली टेलरजस्ता खेलाडीहरु रहेका छन् ।

यि दुई टोली १३ पटक आमने सामने हुदा १० खेल सिटीले आफ्नो पक्षमा पारेको छ । २ खेल बराबरीमा सकिदा १ खेल बर्नलीको पक्षमा छ । बर्नली मार्च २०१५ मा भएको प्रिमियर लिगमा१–० ले हराएयता सिटीमाथि जित निकाल्न सकेको छैन ।

अन्य खेल : एभर्टनविरुद्ध लिड्स (राति ११ः१५ बजे, वेस्टब्रुमविरुद्ध सेफिल्ड (राति १ः४५ बजे)

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.