default_image

3 years ago

November 29, 2020

महारेजको ह्याट्रिकमा सिटीको सानदार जित

एजेन्सी – अल्जेरियन फरवार्ड रियाद महारेजको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५–० को सानदार जित हात पारेको छ । अर्काे दुई गोल बेन्जामिन मेन्डी र फेरान टोरेसले गरे । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेल एकपक्षीय बन्दा सिटीले खेलको छैटौं मिनेटमा नै रियाद महारजेको गोलबाट अग्रता लिएको थियो । उनले […]

26 views

0 Bookmark

एजेन्सी – अल्जेरियन फरवार्ड रियाद महारेजको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५–० को सानदार जित हात पारेको छ । अर्काे दुई गोल बेन्जामिन मेन्डी र फेरान टोरेसले गरे ।

घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेल एकपक्षीय बन्दा सिटीले खेलको छैटौं मिनेटमा नै रियाद महारजेको गोलबाट अग्रता लिएको थियो । उनले केभिन डि ब्रुयनको पासमा गोल गर्न सफल भएका थिए । २२औं मिनेटमा केल वाल्करको पासमा महारेजले व्यक्तिगत दोस्रो गोल गरे ।

४१औं मिनेटमा बेन्जामिन मेन्डीले केभिन डि ब्रुयनकै पासमा गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । ६६औं मिनेटमा गाब्रियल जेससको पासमा फेरान टोरेसले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

६९औं मिनेटमा महारेजले ह्याट्रिक पुरा गरेपछि सिटीले खेलमा ५–० को फराकिलो जित दर्ता गर्न सफल भयो । ७५औं मिनेटमा बर्नलीका गोलरक्षक बेइले पिकक फारेलले आफ्नै पोस्टमा गोल गरेपनि उक्त मुभमा जेसस अफसाइड देखिदा भिएआरबाट बान्यता पाएन ।

यो जितसँगै सिटी ९ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित बर्नली ५ अंकसहित रेलिगेसन जोनको १८औं स्थानमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.