default_image

3 years ago

November 29, 2020

बायर्नको पूनरागमन जित, डर्टमुन्ड स्तब्ध

एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जित दर्ता गर्दा बोरुसिया डर्टमुन्डले हार बेहोरेको छ । बायर्नले भिएफबी स्टुटगार्टमाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकालेको हो । बायर्नको जितमा किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र डगलस कोस्टाले गोल गरे । घरेलु टोलीका टांगे कोउलीवालीले गरेको गोल सान्त्वना बन्यो । शनिबार राति भएको खेलको […]

42 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जित दर्ता गर्दा बोरुसिया डर्टमुन्डले हार बेहोरेको छ ।

बायर्नले भिएफबी स्टुटगार्टमाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकालेको हो । बायर्नको जितमा किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र डगलस कोस्टाले गोल गरे । घरेलु टोलीका टांगे कोउलीवालीले गरेको गोल सान्त्वना बन्यो ।

शनिबार राति भएको खेलको २०औं मिनेटमा कोउलीवालीले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले सिलास वामाङगीटुका फुन्डुको पासमा गोल गरेका थिए । ३८औं मिनेटमा किङ्सले कोमाले गोल गरेपछि बायर्न खेलमा फर्किएको थियो । उनले थोमस मुलरको पासमा गोल गरेका थिए ।

लगत्तै ३९औंमिनेटमा फिलिप फोर्सटरले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा स्टुटगार्ट पुनः अग्रता लिनबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कोमानको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा २–१ को अग्रता दिलाए ।

८७औं मिनेटमा लिरोए सानेको पासमा सब्सिच्युट डगलस कोस्टाले गोल गर्दै बायर्नको जित पक्का गरे । कोस्टा ६९औं मिनेटमा कोमानको स्थानमा मैदान छिरेका थिए । यो जितसँगै बायर्न ९ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित स्टुटगार्ट ११ अंकसहित १०औं स्थानमा छ ।

बुन्डेसलिगाकै अर्काे खेलमा बोरुसिया डर्टमुन्ड घरेलु मैदानमा एफसी कोल्नसँग २–१ ले स्तब्ध बनेको छ । डर्टमुन्डलाई स्तब्ध बनाउन कोल्नका इलयसले दुई गोल गरे । इलयसले नवौं र ६०औं मिनेटमा गोल गरेका थिए ।

थोर्गन हाजार्डले ७४औं मिनेटमा गोल गरेपनि डर्टमुन्डको हार टरेन । यो हारले डर्टमुन्ड १८ अंक जोडेर तेस्रा स्थानमा झर्दा कोल्न ६ अंकसहित १५औं स्थानमा उक्लिएको छ ।

अन्य नतिजा
अग्सवर्गविरुद्ध फ्रेइवर्ग (१–१), आरबी लाइप्जिगविरुद्ध अर्मेनिया बिलेफिल्ड (–१), युनियन बर्लिनविरुद्ध फ्रान्कफर्ट (३–३), बोरुसिया मोन्चेनग्लाडवाकविरुद्ध साल्के (–१)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.