default_image

3 years ago

November 29, 2020

आत्मघाती गोलले एट्लेटिको विजयी

एजेन्सी – एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायमै राख्दा भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेको छ । आत्मघाती गोल सहयोगले एट्लेटिकोले भ्यालेन्सियालाई हराएको हो । निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा टोनी लाटोले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । यो जितले एट्लेटिकोले ९ खेलबाट २३ अंक जोड्दै शीर्षस्थानमा रहेको […]

40 views

0 Bookmark

एजेन्सी – एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायमै राख्दा भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेको छ ।

आत्मघाती गोल सहयोगले एट्लेटिकोले भ्यालेन्सियालाई हराएको हो । निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा टोनी लाटोले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो ।

यो जितले एट्लेटिकोले ९ खेलबाट २३ अंक जोड्दै शीर्षस्थानमा रहेको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा एट्लेटिको दोस्रो स्थानमा रहेको छ । सोसिडाडले एक खेल बढी खेलेको छ । भ्यालेन्सिया १२ अंक जोडेर ११औं स्थानमा छ ।

भ्यालेन्सियामा शनिबार राति भएको खेलमा पाहुना टोली एट्लेटिकोले बल पोजेसनमा पकड बनाएपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । नवौं मिनेटमा भ्यालेन्सियाका गोन्कालो गुइडेजको प्रहारलाई एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले सहजै नियन्त्रणमा लिए ।

२३औं मिनेटमा कार्लाेस सोलेरको प्रहारमा ओब्लाक नै बाधक बने । ३२औं मिनेटमा गोन्कालो गुइडेजको अर्काे प्रहारलाई ओब्लाकले नै विफल पारे । ३८औं मिनेटमा थोमस लेमारको क्रसलाई भ्यालेन्सियाका गोलरक्षक जोउमेले डाइभ दिदै खतरा टारे ।

७९औं मिनेटमा यान्निक कारास्कोको क्रसलाई बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा आत्मघाती गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो ।

प्रशिक्षक डिएगो सिमोनीले दोस्रो हाफमा जोआो फेलिक्सलाई दोस्रो हाfफमा मैदानमा उतारेको थियो । चोटका कारण डिएगो कोस्टा र लुइस सुआरेज टोली बाहिर रहेका थिए । त्यसको अभाव खेलमा देखिएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.