एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले ओसासुनालाई ४–० ले हराएको हो ।

बार्सिलोनाको सहज जितमा मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो र कप्तान लियोनेल मेस्सीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल सम्भव भएको थियो । ला लिगामा नवौ खेलमा बार्सिलोनाको यो चौथो जित हो ।
सुरुवातदेखि नै पाहुना टोलीमाथि बल पोजेसनमा पकड बनाएको बार्सिलोनाले खेलको ११औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो । एन्टोइन ग्रिजमनको प्रहारमा गोलरक्षक सर्जियो हेरेराले गोललाइनबाट बचाए । त्यसअघि फिलिपे कौटिन्होको प्रहारलाई युनाई गार्सियाले गोललाइनबाट बचाएका थिए ।
१५औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई नाचो भिडालले ब्लक गरे र रिवाउन्डमा ग्रिजमनको भली प्रहारलाई गोलरक्षक सर्जियोले बचाए । २९औं मिनेटमा ब्रेथवेटको गोलबाट बार्सिलोनाले अग्रता लियो ।

४०औं मिनेटमा इनिगो पेरेजको फ्रिकिकमा सानजुरजोले डाइभिङ हेडर प्रयासलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई गार्सियाले मिलाईदिएको पासमा साजुरजोले गोल गरेपनि उनी अफसाइड ठहरिए ।
४२औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । दोस्रो हाफको शुरुमै ओसासुनाका रुवेन गार्सियाको प्रहारलाई मार्क आन्दर टेर स्टेगनले नियन्त्रणमा लिए ।
५७औं मिनेटमा ग्रिजमनको पासमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । ६८औं मिनेटमा रुवेन गार्सियाको प्रहार पोस्टमा लागेर फर्कदा ओसासुनाले गोलअन्तर घटाउन सकेन ।

७०औं मिनेटमा औसमाने डेम्वेलेले गोल गरेपनि उनलाई पास उपलब्ध गराएका ट्रिन्काओ अफसाइड पोजिसनमा रहँदा गोलले मान्यता पाएन । ७३औं मिनेटमा ट्रिन्काओकै पासमा कप्तान लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए । मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए ।
Messi’s celebration in tribute to Maradona ❤️pic.twitter.com/W9qmWcY2qM
— MessiTeam (@Lionel10Team) November 29, 2020
जितसँगै बार्सिलोना ९ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित ओसासुना १० खेलबाट ११ अंक जोडेर १५औं स्थानमा यथावत रहेको छ ।

गोलको भिडियोहरु :
ब्रेथवेट (१-०)
Goal Barcelona! Braithwaite scores the first goal of the game. #BarçaOsasuna
— FTTV WORLD (@FTTV50) November 29, 2020
pic.twitter.com/EZIH4SuI71
ग्रिजमन (२-०)
Griezmann, what a goal for Barca. pic.twitter.com/veDNTIoKfw
— DeShaun (@DeshaunTalks) November 29, 2020
कोउटिन्हो (३-०)
Coutinho makes it three for Barca.👌🏽 pic.twitter.com/RgG8rO06ig
— DeShaun (@DeshaunTalks) November 29, 2020
लिओनेल मेस्सी (४-०)
My god, what goal for Leo Messi. pic.twitter.com/bpjVGnaFYF
— DeShaun (@DeshaunTalks) November 29, 2020