default_image

3 years ago

November 30, 2020

मेस्सीद्वारा म्यारोडोनालाई गोल समर्पण

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ओसासुनाविरुद्धको आफ्नो गोल अर्जेन्टिनी मिडफिल्डर डिएगो म्यारोडोनालाई समर्पण गरेका छन् । अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका मेस्सीले ओसासुनाविरुद्ध ७३औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए । मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए । खेलमा बार्सिलोनाले […]

44 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ओसासुनाविरुद्धको आफ्नो गोल अर्जेन्टिनी मिडफिल्डर डिएगो म्यारोडोनालाई समर्पण गरेका छन् ।

अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका मेस्सीले ओसासुनाविरुद्ध ७३औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए । मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए ।

खेलमा बार्सिलोनाले ४–० को सहज जित निकालेको थियो । ओसासुनामाथिको जितमा मेस्सीसँगै मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेका थिए । खेलपछि सामाजिक संजालमा पनि मेस्सीले आफू र म्याराडोनाको तस्बिर जोडेर ‘सधैं सम्झिरहेने छौं‘ लेखेका छन् ।

हृदयघातका कारण गत बुधबार महान अर्जेन्टिनी महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो । विश्व फुटबलकै महान् मध्यमा गनिने म्याराडोनाले सन् २०१० मा अर्जेन्टिनाको विश्वकप टोलीमा प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । मेस्सी र म्याराडोना बीच व्यक्तिगत सम्बन्ध पनि सुमधुर थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.