default_image

3 years ago

November 29, 2020

युनाइटेडको जितमा काभानी नायक

एजेन्सी – पहिलो हाफमा दुई गोलले पछि परेपछि इडिन्सन काभानीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल र एक असिस्ट दिएपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा साउथह्याम्प्टनमाथि पूनरागमन जित निकालेको छ । युनाइटेडले घरेलु टोलीमाथि ३–२ को पूनरागमन जित निकालेको हो । सेन्ट मेरिज स्टेडियम ह्याम्पसायरमा आइतबार राति भएको खेलमा घरेलु टोलीले ३३ मिनेट भित्र २–० […]

48 views

0 Bookmark

एजेन्सी – पहिलो हाफमा दुई गोलले पछि परेपछि इडिन्सन काभानीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल र एक असिस्ट दिएपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा साउथह्याम्प्टनमाथि पूनरागमन जित निकालेको छ ।

युनाइटेडले घरेलु टोलीमाथि ३–२ को पूनरागमन जित निकालेको हो । सेन्ट मेरिज स्टेडियम ह्याम्पसायरमा आइतबार राति भएको खेलमा घरेलु टोलीले ३३ मिनेट भित्र २–० को अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई साउथह्याम्टनले जोगाउन सकेन ।

खेलको २३औं मिनेटमा जान वेडनारेकले गोल गर्दै साउथह्याम्टनलाई अग्रता दिलाएका थिए । उनले जेम्स वार्ड प्राउजको कर्नरमा हेडर गोल गर्न सफल भएका थिए । पहिलो गोलको लागि असिस्ट दिएको जेम्स वार्ड प्राउजले ३३औं मिनेटमा गोल गर्दै साउथह्याम्टनको अग्रता दोब्बर पारेका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त गरेको फ्रिकिकलाई गोलरक्षक डेविड डे हेया हात लगाएपनि भित्र जानबाट रोक्न सकेनन् ।

त्यसअघि ३२औं मिनेटमा साउथह्याम्टनका गोलरक्षक एलेक्स म्याकर्थीले दोहोरो बचाउ गरे । मासन ग्रीनवुडको प्रहारलाई बचाएका म्याकर्थीले ब्रुनो फर्नान्डेसको प्रहारलाई पनि बचाएका थिए ।

काभानी दोस्रो हाफको सुरुवातमै ग्रीनवुडको स्थानमा मैदान प्रवेश गरेका थिए । उनको आगमनसँगै युनाइटेडले खेलमा लय समातेको थियो । दोस्रो हाफमा प्रशिक्षक ओले गनर सोल्सायरले गोलरक्षक डेभिय हे गेयाको स्थानमा डिन हेन्डरसनलाई मैदान पठाए ।

५३औं मिनेटमा ग्रीनवुडको प्रहारमा गोलरक्षक मकार्थी नै बाधक बने । ५९औं मिनेटमा काभानीको क्रसमा ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्रभित्र बल नियन्त्रणमा लिँदै गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

७४औं मिनेटमा काभानीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । फ्रिकिकबाट आएको बललाई म्याकर्थीले पञ्च गर्दे बचाएपनि फर्नान्डेसको प्रहार डिफ्लेक्ट हुदै काभानीसम्म पुगेपछि उनले सहजै पोस्टको दिशा दिएका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्कुस रासफोर्डको पासमा काभानीले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ को पूनरागमन जित दिलाए ।

यो जितसँगै युनाइटेड ९ खेलबाट १६ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन १० खेलबाट १७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यो पनि : बार्सिलोनाको सानदार जित

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.