default_image

3 years ago

December 1, 2020

फर्कंदै ग्रिजमनको मुस्कान

एजेन्सी – बार्सिलोना पुगेयता एन्टोइन ग्रिजमन मैदानमा मुस्कुराएको बिरलै देखिन्थ्यो । ला लिगामा आइतबार ओसासुनाविरुद्धका खेलमा ग्रिजमन फरक मुद्रामा देखिन्थे । फ्रान्सेली अन्तर्राष्ट्रिय टोलीबाट उनी खेलमा बिस्तारै जम्दै गएको संकेतका रुपमा पनि कतिपयको बुझाई छ । गत सिजन बार्सिलोनामा आबद्ध भएयता उनीबाट सोचे अनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन् । जसका कारण उनी आफै पनि दबाबमा रहेको अनुमान […]

32 views

0 Bookmark

एजेन्सी – बार्सिलोना पुगेयता एन्टोइन ग्रिजमन मैदानमा मुस्कुराएको बिरलै देखिन्थ्यो । ला लिगामा आइतबार ओसासुनाविरुद्धका खेलमा ग्रिजमन फरक मुद्रामा देखिन्थे ।

फ्रान्सेली अन्तर्राष्ट्रिय टोलीबाट उनी खेलमा बिस्तारै जम्दै गएको संकेतका रुपमा पनि कतिपयको बुझाई छ । गत सिजन बार्सिलोनामा आबद्ध भएयता उनीबाट सोचे अनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन् । जसका कारण उनी आफै पनि दबाबमा रहेको अनुमान गरिन्छ ।

ओसासुनामाथि टोलीले ४–० को जितमा ग्रिजमन प्रभावशाली देखिए । मैदान छाड्दा उनले एक गोल गरेका थिए भने अर्को गोलका लागि एसिस्ट गरेका थिए । एट्लेटिको म्याड्रिड सकारात्मक खेलाडी भएको भन्दै प्रशिक्षक रोनाल्ड कोम्यानले पनि उनको चर्चा गरे । बार्सिलोना पुगेयता सबै खेलमा उत्तिकै उच्च मनोबलका साथ नदेखिने आरोप लाग्दै आएको थियो ।

‘उनी राम्रो गरिरहेका छन् । उनी खुला र लयमा खेलिरहेका थिए । एक गोल गरे र अर्को राम्रो गोल गरे । हामीले उनीबाट चाहेको त्यहि हो,’ खेलपछि कोम्यानले भनेका थिए, उनले संघर्ष गरे र प्रभाव छाडे । उनले मेहनत गर्न छाडेका छैनन् । उनी सधै उत्कृष्ट छन् ।’

आइतबारको खेलमा ग्रिजमन टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा पर्दछन् । उनी हरेक समय तयार थिए । फिलिपे काउटिन्होलाई पहिलो हाफमा उपलब्ध गराएको पास त्यस्तै उत्कृष्ट थियो । उनले फ्रान्सेली टोलीबाट प्रदर्शन गर्दै आएको लयलाई बार्सिलोनामा निरन्तरता दिएको विश्वास गरिएको थियो ।

पछिल्ला ४ खेलमा ग्रिजमनले ३ गोल गरिसकेका छन् । उनले डिपोर्टिभो आल्भेस, रियल बेटिस र ओसासुनाविरुद्ध गोल गरे । उनले एकरुपताको प्रदर्शनमा निरन्तरता दिएको संकेत गरेका छन् ।

टोलीका कप्तान लिओनल मेस्सी र उनीबीच राम्रो सम्बन्ध छैन भन्ने चर्चा बेला बखत चल्ने गरेको छ । तर, आइतबारको खेलमा उनीको समन्वय मिलेको थियो । सम्भवत समर्थकहरुले उनीबाट निरन्तर यस्तै प्रदर्शनको अपेक्षा गरिरहेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.