default_image

3 years ago

December 1, 2020

बायर्न र एट्लेटिको म्याड्रिड खेल्दै

एजेन्सी – समूह ‘ए’ बाट युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाइसकेको जर्मन क्लब बायर्न म्युनिखले समूह चरणको पाँचौ राउन्डको खेलमा आज राति स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको भ्रमण गर्दैछ । खेल वान्डा मेट्रोपोलिटानोमा राति १ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगको पछिल्लो १५ खेलमा अपराजित रहेको बायर्न सोही जितको लयलाई निरन्तरता दिने दाँउमा रहँदा एट्लेटिको बायर्नको […]

44 views

0 Bookmark

एजेन्सी – समूह ‘ए’ बाट युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाइसकेको जर्मन क्लब बायर्न म्युनिखले समूह चरणको पाँचौ राउन्डको खेलमा आज राति स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको भ्रमण गर्दैछ । खेल वान्डा मेट्रोपोलिटानोमा राति १ः४५ बजे हुनेछ ।

च्याम्पियन्स लिगको पछिल्लो १५ खेलमा अपराजित रहेको बायर्न सोही जितको लयलाई निरन्तरता दिने दाँउमा रहँदा एट्लेटिको बायर्नको अपराजित यात्रामा पुर्णविराम लगाउने लक्ष्यमा मैदान उत्रनेछ ।

बायर्नलाई पराजित गर्न सके एट्लेटिकोको अघिल्लो चरण पुग्ने सम्भावना बलियो रहनेछ । तर, एट्लेटिको अर्काे खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ । बायर्न १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ५ अंह जोडेको एट्लेटिको दोस्रो स्थानमा तथा लोकोमोटिभ मस्कोको ३ तथा साल्जवर्गको १ अंक छ ।

एट्लेटिको अघिल्लो महिना बेहोरेको ४–० को हारको बदला लिने अवसर पनि रहेको छ । तर, टोलीमा मुख्य फरवार्ड लुइस सुआरेज र डिएगो कोस्टा टोलीसँग नहुदा एट्लेटिकोलाई उनीहरुको अभाव खड्कन सक्नेछ ।

टोलीसँग पोर्चुगिज युवा स्टार जोआओ फेलिक्स, एन्जल कोरेआ, यान्निक कारास्को, कोकी, मार्काेस लोरेन्टे, लोडी, किरियन ट्रिपिएर, स्टेफान साभिक, जोसे जिमिनेज र गोलरक्षक जान ओब्लाकको साथ रहेको छ ।

यता, बायर्न एट्लेटिकोलाई उसकै मैदानमा हराउदै च्याम्पियन्स लिगमा अपराजित रहने लक्ष्यमा हुनेछ । टोलीका लागि रोबर्ट लेवान्डोस्की र थोमस मुलर मेख्य हतियार हुनेछन् । लिरोए साने, डगलस कोस्टा, जाभी मार्टिनेज, लुकास हर्नान्डेज, डेभिड अलाबा, निकलस सुल, बेन्जामिन पाभार्ड, किङ्सले कोमान, सर्ज जिनाब्री, लियोन गोरेट्जका, जेरोम बोटेङ र गोलरक्षक तथा कप्तान म्यानुयल नोएर पनि टोलीसँग हुनेछन् ।

यि दुई टोली हालसम्म ५ पटक आमने सामने हुदा बायर्न तीन खेलमा तथा एट्लेटिको दुई खेलमा विजयी भएको छ । त्यसैले यि दुई टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यही समूहको अर्काे खेलमा रसियन क्लब लोकोमोटिभ मस्को र अष्ट्रियन क्लब साल्जवर्गबीच राति ११ः४० बजे प्रतिस्पर्धा हुदैछ । दुवै टोलीलाई नकआउट चरणको सम्भावनाका लागि निश्चित जितको खाँचो छ ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.