default_image

3 years ago

December 1, 2020

‘टिम अफ दि इयर’ मनोनयनमा बायर्नको वर्चस्व

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले पुरुष टिम अफ दि इयर २०२० को मनोनयन सार्वजनिक गर्दा जर्मन क्लब बायर्न म्युनिखका खेलाडीले वर्चस्व जमाएका छन् । यस्तै आधुनिक फुटबलका पोर्चुगिज तथा इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो लगातार १७औं वर्ष मनोनयमा पर्न सफल भएका छन् । रोनाल्डोल युभेन्टसलाई सिरी ‘ए’ को उपाधि जिताउन महत्वपुर्ण भुमिका […]

38 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले पुरुष टिम अफ दि इयर २०२० को मनोनयन सार्वजनिक गर्दा जर्मन क्लब बायर्न म्युनिखका खेलाडीले वर्चस्व जमाएका छन् ।

यस्तै आधुनिक फुटबलका पोर्चुगिज तथा इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो लगातार १७औं वर्ष मनोनयमा पर्न सफल भएका छन् । रोनाल्डोल युभेन्टसलाई सिरी ‘ए’ को उपाधि जिताउन महत्वपुर्ण भुमिका निभाएका थिए ।

युइएफएले प्रारम्भिक चरणमा ५० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । मनोनयमा च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखबाट सबैभन्दा १० खेलाडी मनोनयनमा परेका छन् । यस्तै इंग्लिस प्रिमियर लिगबाट १५ खेलाडी मनोनयनमा पर्न सफल भएका छन् ।

बायर्नबाट रोबर्ट लेवान्डोस्की, सर्ज जिनाब्री, थोमस मुलर, किङ्सले कोमान, लियोन गोरेट्जका, डेभिड अल्वा, योसुवा किम्मिख, अलफन्सो डाभिस, म्यानुयल नोएर र यसै समरमा लिभरपुल पुगेका थियागो अलकान्तरा मनोनयनमा परेका छन् ।

अलकान्तराको मनोनयन लिभरपुलबाटै हुनेछ । यस्तै लिभरपुलबाट मोहम्मद सलाह, साडियो माने, जोर्डन हेन्डरसन, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड, एलिसन बेकर र एन्डी रोबर्टसन मनोनयनमा परेका छन् ।

यस्तै इंग्लिस प्रिमियर लिगबाट टोटेनहमका ह्यारी केन, म्यानचेस्टर सिटीबाट रहिम स्ट्रलिङ र केभिन डि ब्रुयन तथा म्यानचेस्टर युनाइटेडबाट ब्रुनो फर्नान्डेस र चेल्सीबाट थियागो सिल्भा र काई हाभर्टज मनोनयनमा छन् ।

बोरुसिया डर्टमुन्डका युवा सनसनी एर्लिङ ब्राउट हालान्ड, बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र रियल म्याड्रिडका कप्तान सर्जियो रामोस पनि मनोनयनमा पर्न सफल भएका छन् ।

यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया, मार्किन्हस, जुवान बर्नाट, प्रेसनेल किमपेम्वे, केलर नाभास र यसै समरमा चेल्सी पुगेका थियागो सिल्भा मनोनयनमा परेका छन् ।

यस्तै युइएफएले पहिलोपटक महिला टिम अफ दि इयरको मनोनयन सार्वजनिक गरेको छ ।मनोनयनमा च्याम्पियन्स लिग विजेता लियोनका लुसी ब्रन्जसँगै सर्वाधिक १३ खेलाडी मनोनयनमा परेकी छिन् । स्टेफ होउटन, भिभियानी मिडेमा र झि सो युन पनि मनोनयनमा पर्न सफल भएकी छिन् ।

युइएफए टिम अफ दि इयर मनोनयनमा पर्न सफल खेलाडी

गोलकिपर – एलिसन बेकर (लिभरपुल), एन्थोनी लोपेस (लियोन), केलर नाभास (पीएसजी), म्यानयुल नोएर (बायर्न) र जान ओब्लाक (एट्लेटको म्याड्रिड)

डिफेन्डर – डेभिड अल्वा (बायर्न), ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड (लिभरपुल), एन्जेलिनो (आरबी लाइप्जिग), जुवान बर्नाट (पीएसजी), अलफन्सो डेभिस (बायर्न), म्याथ्थिस डि लेग्ट (युभेन्टस), स्टेफन डि भर्ज (इन्टर मिलान), हान्स हेटबोएर (एटलान्टा), योसुवा किम्मिख (बायर्न), प्रेसनेल किमपेम्वे (पीएसजी), सर्जियो रामोस (रियाल म्याड्रिड), एन्डी रोबर्टसन (लिभरपुल) र थियागो सिल्भा (चेल्सी)

मिडफिल्डर – थियागो अलकान्तरा (लिभरपुल), होउसिम एओर (लियोन), इभर बनेगा (सेभिया), निकोलो बरेल्ला (इन्टर मिलान), किङ्सले कोमान (बायर्न), केभिन डि ब्रुयनन (म्यानचेस्टर सिटी), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), एलेजान्द्रो गोमेज (एटलान्टा), लियोन गोरेट्जका (बायर्न), काई हाभर्टज (चेल्सी), जोर्डन हेन्डरसन (लिभरपुल), जोसिप इलिसिस (एटलान्टा), मार्किन्हस (पीएसजी), थोमस मुलर (बायर्न), मार्सेल सावित्जर (आरबी लाइप्जिग)

फरवार्ड – एर्लिङ ब्राउट हालान्ड (बोरुसिया डर्टमुन्ड), जोआओ फेलिक्स (एट्लेटिको म्याड्रिड), एन्जल डि मारिया (पीएसजी), सर्ज जिनाब्री (बायर्न), सिरो इमोबिले (लाजियो), ह्यारी केन (टोटेनहम), रोबर्ट लेवान्डोस्की (बायर्न), रोमेलु लुकाकु (इन्टर मिलान), साडियो माने (लिभरपुल), केलियन एमबाप्पे (पीएसजी), लियोनेल मेस्सी (बार्सिलोना), नेयमार (पीएसजी), क्रिस्टियानो रोनाल्डो (युभेन्टस), मोहम्मद सलाह (लिभरपुल) र रहिम स्टरलिङ (म्यानचेस्टर सिटी)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.