default_image

3 years ago

December 2, 2020

मेस्सीलाई आराम दिने योजना

एजेन्सी – बार्सिलोनामा प्रशिक्षक रोनाल्ड कोम्यान आफ्नो युगको सुरुवातको क्रममा छन् । त्यसमा उनले विभिन्न प्रयोग गरिरहेका छन् । जसमा कप्तान लिओनल मेस्सीसहित र उनी विना पनि प्रयोगको प्रयास भइरहेको देखिन्छ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार बार्सिलोनाले फेरेन्कभारोसको सामना गर्दा कोम्यान मेस्सीलाई आराम दिने पक्षमा छन् । गत साता डाइनोमो किभलाई ४–० ले हराएको खेलमा पनि […]

51 views

0 Bookmark

एजेन्सी – बार्सिलोनामा प्रशिक्षक रोनाल्ड कोम्यान आफ्नो युगको सुरुवातको क्रममा छन् । त्यसमा उनले विभिन्न प्रयोग गरिरहेका छन् । जसमा कप्तान लिओनल मेस्सीसहित र उनी विना पनि प्रयोगको प्रयास भइरहेको देखिन्छ ।

च्याम्पियन्स लिगअन्तर्गत बुधबार बार्सिलोनाले फेरेन्कभारोसको सामना गर्दा कोम्यान मेस्सीलाई आराम दिने पक्षमा छन् । गत साता डाइनोमो किभलाई ४–० ले हराएको खेलमा पनि मेस्सीलाई खेलाइएन । टोलीले नकआउट चरणमा स्थान बनाइसकेकोले कोम्यान अर्को खेलमा पनि मेस्सीलाई आराम दिन चाहिरहेका छन् ।

बार्सिलोनामा पछिल्लो पटक एन्टोइन ग्रिजमन र बार्सिलोनाबीचको तालमेल मिल्दै आएको अनुभव गरिएको छ । जसले टोलीको आक्रमण थप मजबुद हुँदै गइरहेको विश्वास गरिएको छ । कोम्यान आफ्नो योजनामा मेस्सीको भूमिका कस्तो रहन्छ भन्ने पनि जान्न चाहिरहेको मानिएको छ ।

‘उनी आक्रमणमा निकै महत्वपूर्ण खेलाडी हुन् । बल उनले भेटेपछि उनको गति देखिन्छ’, उनले भने, ‘सधै ३० गोल गर्न सकिन्न । तर उनको पास स्तरीय छ । टिममो उनको मेहनत र आक्रमण शैलीको महत्व छ ।’

च्याम्पियन्स लिग समूह चरणको पहिलो खेलमा फेरेन्कभारोसलाई बार्सिलोनाले ५–१ ले हराएको थियो । तर, त्यो जितलाई कोम्यान एकदम ठूलो रुपमा लिइरहेका छैनन् ।

‘अबको खेल कठीन हुन्छ । उनीहरुसँग स्तरीय खेलाडी छन् र आक्रमणमा गति छ’, उनले भने, ‘हाम्रा रक्षकहरुले केन्द्रित हुन जरुरी छ । उनीहरुको आक्रमणलाई रोक्नुपर्ने हुन्छ । पाँच रक्षकका साथ युभेन्ट्सविरुद्ध उनीहरुले राम्रो खेलेका थिए । दुर्भाग्य उनीहरु हारे । मुख्य विषय भनेको छनोट हो । हामी भइसकेका छौं । तर हामी सबै खेल जित्दै शीर्षस्थानमा रहन चाहन्छौं ।’

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.