default_image

3 years ago

December 2, 2020

आयाक्सलाई हराउदै लिभरपुल नकआउट चरणमा

एजेन्सी – डच क्लब आयाक्समाथि १–० को साँघुरो जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । लिभरपुलले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । अब लिभरपुलले समूह चरणको अन्तिम खेलमा अर्काे साता डेनमार्कको क्लब मिट्जेल्यान्डसँग प्रतिस्पर्धा […]

31 views

0 Bookmark

एजेन्सी – डच क्लब आयाक्समाथि १–० को साँघुरो जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

लिभरपुलले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । अब लिभरपुलले समूह चरणको अन्तिम खेलमा अर्काे साता डेनमार्कको क्लब मिट्जेल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

यस खेलमा हार बेहोरेपनि लिभरपुल समूह विजेता नै हुनेछ । लिभरपुलको ५ खेलबाट १२ अंक रहेको छ । समान खेलबाटै एट्लान्टाको ८ तथा आयाक्सको ७ अंक छ । मिट्जेल्यान्डको १ अंक छ । अर्काे साता आयाक्स र एटलान्टाबीचको खेलबाट यस समूहबाट नकआउट चरण पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा कर्टिस जोन्सले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५८औं मिनेटमा निको विलियम्सको पासमा गोल गरेका थिए । बल पोजेसनमा पकड बनाएपनि आयाक्सले लिभरपुलको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

खेलको छैटौ मिनेटमा नै कर्टिस जोन्सको प्रहार पोस्टमा लागेर फर्कदा लिभरपुल अग्रता लिनबाट चुकेको थियो । २१औं मिनेटमा आयाक्सका क्लासिन चुके । ३२औं मिनेटमा माजराओइको प्रहारलाई लिभरपुलका गोलरक्षक केल्लेहरले डाइभ दिदै बचाए ।

४२औं मिनेटमा साडियो मानेले अवसर पाएपनि उनीमाथि पर स्चर्सले फल गर्न पुगे । लगत्तै एन्ड्रिउ रोबर्टसनले ओभरल्यापमा जादै गरेको प्रहारमा आयाक्सका गोलरक्षक एन्ड्री ओनाना बाधक बन्दा लिभरपुलले अग्रता लिन सकेन ।

५०औं मिनेटमा क्लासिनले सुवर्ण अवसर खेर फाले । ५६औं मिनेटमा लिभरपुलका गोलरक्षक केल्लेहरले अर्काे उत्कृष्ट बचाउ गर्दै आयाक्सका अग्रता टारे । ५८औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । गोलरक्षक ओनानाको गल्तीमा निको विलियम्सले दिएको क्रसलाई जोन्सले कुल फिनिस गरेका थिए ।

६२औं मिनेटमा मोहम्मद सलाहको सुवर्ण अवसर खेर फाल्दा लिभरपुल अग्रता दोब्बर पार्नबाट चुक्यो । ८३औं मिनेटमा सलाहको पासमा रोबर्टाे फिर्मिनोको प्रहारलाई ओनानाले उत्कृष्ट बचाउ गरे । ८८औं मिनेटमा हन्टेलरको पावरफुल हेडरलाई केल्लेहरले उत्कृष्ट बचाउ गर्दै आयाक्सको बराबरी टारे ।

यही समूहको अर्काे खेलमा एटलान्टा र मिट्जेल्यान्डको १–१ गोलको बरारी खेल्दै अंक बाँडेका छन् । मिट्जेल्यान्डले समूहमा पहिलो अंक जोड्न सफल भएको हो । मिट्जेल्यान्डका एलेक्सान्डर स्कल्जले गोल गर्दा एटलान्टाका क्रिस्टियन रोमेरोले बराबरी गोल फर्काएका थिए ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.