default_image

3 years ago

December 2, 2020

विराज र विमलसहित ५८ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५८ खेलाडीको नाम सार्वजनिक गरेको छ । एन्फाले भविष्यमा हुने मैत्रीपूर्ण खेल र विश्वकप छनोटका खेललाई लक्षित गर्दै तयारी गर्ने सुरका साथ राष्ट्रिय टोलीको प्रशिक्षण गर्न टोली घोषणा गरेको हो । यस वर्ष ए डिभिजन लिग नहुने भएपछि एन्फाले घरेलु लिग […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५८ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

एन्फाले भविष्यमा हुने मैत्रीपूर्ण खेल र विश्वकप छनोटका खेललाई लक्षित गर्दै तयारी गर्ने सुरका साथ राष्ट्रिय टोलीको प्रशिक्षण गर्न टोली घोषणा गरेको हो । यस वर्ष ए डिभिजन लिग नहुने भएपछि एन्फाले घरेलु लिग तथा प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको हो । प्रशिक्षण मंसिर २८ देखि सुरु हुनेछ ‌।

प्रशिक्षक योहान कालिन नफर्केका कारण कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले नै टोलीको जिम्मेवारी सम्हालेका छन् । एन्फाले हालसम्म कालिनको अवस्थाबारे कुनै जानकारी दिएको छैन । उनको सम्झौता फेब्रुअरीसम्म रहेका कारण एन्फाले अब चाडैं निर्णय लिने बुझिएको छ ।

टोलीमा कप्तान विराज महर्जनसँगै फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी पनि फर्किएका छन् । आदित्य चौधरीले तीन वर्षपछि टोलीमा पुनारगमन गरेका छन् । मिडफिल्डर विक्रम लामा भने खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले प्रशिक्षणमा समावेश हुने छैनन् ।

यसपटक ५८ खेलाडीमा थुप्रै नयाँ अनुहार रहेका छन् । एन्फाले गत महिना भएको बंगलादेशविरुद्ध मैत्रीपूर्ण सिरिजका लागि ३५ खेलाडी सम्मिलित टोली घोषणा गर्दै २५ खेलाडीलाई अन्तिम टोलीमा समावेश गरेको थियो । त्यसमध्य ८ नयाँ अनुहारमध्य ६ खेलाडीले डेब्यु गर्ने अवसर पाएका थिए ।

नेपाली टोली :

गोलरक्षक : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु – ७ जना

डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान – १८ जना

मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल – २० जना

फरवार्ड : विमल घर्ति मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ – १३ जना

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.