एजेन्सी – अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेजले एकमात्र गोल गरेपछि बोका जुनिअर्सले कोपा लिबेर्टाडोरेसको अन्तिम १६ को खेलमा ब्राजिलको इन्टरनासिओनाललाई १-० ले पराजित गरेको छ ।

३६ वर्षीय टेभेजले दोस्रो हाफमा एडुआर्डो साल्भियोको क्रसमा पेनाल्टी क्षेत्रभित्र बल नियन्त्रणमा लिँदै गरेको गोल नै खेलमा निर्णायक सावित भयो । गोल गरेपछि उनले बोकाकै लेजेन्ड डिएगो म्याराडोनाले सन् १९८१ मा लगाएको जर्सी देखाएर खुसियाली मनाएका थिए ।
‘डिएगोले मलाई सन् १९८१ मा लगाएको जर्सी उपहार दिएका थिए । उनलाई समर्पण गर्ने यो सानो प्रयास हो । मैले उनलाई यो खुसी दिएको सायद उनले माथिबाट हेरिरहेका होलान्,’ टेभेजले भने ।
‘खेल्न कठिन थियो । तर हामीले जसरि पनि जित्नु थियो । यो साता हामी मात्र नभएर अर्जेन्टिनी समाजका लागि नै सहज थिएन । हामीले एक दिग्गज गुमाएका छौं । हामीले यस्तो अवस्थामा पनि राम्रो प्रदर्शन गर्न सक्यौं,’ उनले भने ।
बोकाले अब दोस्रो लेग घरेलु मैदानमा खेल्दैछ । दक्षिण अमेरिकाको शीर्ष प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गर्न अब बोकालाई बराबरी नै पर्याप्त हुनेछ ।
गोल र समर्पणको भिडियो :
🙌🇦🇷 @__CarlitosTevez, por um ângulo exclusivo! Assim o camisa 10 do @BocaJrsOficial decidiu no Beira-Rio e festejou ao ídolo Diego Armando Maradona.#Libertadores #AD10S pic.twitter.com/aLR3CTNOt2
— CONMEBOL Libertadores (@LibertadoresBR) December 3, 2020