default_image

3 years ago

December 5, 2020

बंगलादेशको पोस्टमा कतारको ५ गोल

एजेन्सी – कतार विश्वकप २०२२ को छनोट र एसियन कपको छनोटको दोस्रो चरणको आठौं खेलमा कतारले बंगलादेशमाथि सहज जित निकालेको छ । विश्वकपको आयोजक राष्ट्र समेत रहेको कतारले घरेलु मैदानमा बंगलादेशमाथि ५–० को एकपक्षीय जित निकालेको हो । कतारको सहज जितमा अक्रम अफिफ र अल्मोइज अलीले समान दुई गोल गर्दा अब्दुलाजिज हाटिमले एक गोल थपे […]

39 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को छनोट र एसियन कपको छनोटको दोस्रो चरणको आठौं खेलमा कतारले बंगलादेशमाथि सहज जित निकालेको छ ।

विश्वकपको आयोजक राष्ट्र समेत रहेको कतारले घरेलु मैदानमा बंगलादेशमाथि ५–० को एकपक्षीय जित निकालेको हो । कतारको सहज जितमा अक्रम अफिफ र अल्मोइज अलीले समान दुई गोल गर्दा अब्दुलाजिज हाटिमले एक गोल थपे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो ।

अब्दुल्हा विन नासिर विन खालिफा स्टेडियम दोहामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा अब्दुलाजिज हाटिमको गोलबाट खाता खोलेको थियो ३३औं मिनेटमा अक्रम अफिफले गोल गर्दै कतारलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

७२औं मिनेटमा अल्मोइज अलीले पेनाल्टीमा गोल गर्दै कतारलाई सहज जिततर्फ अघि बढाए । ७८औं मिनेटमा अल्मोइज अलीले व्यक्तिगत दोस्रो गोल गरेपछि कतारले खेलमा ४–० को आरामदायी अग्रता लिन फिल भयो । ९०औं मिनेटमा अक्रम अफिफले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै कतारलाई फराकिलो जित दिलाए ।

फराकिलो जितसँगै समूह ‘ई’ मा कतार ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित रहेको कतारले ५ जित र एक बराबरीको नतिजा निकालेको छ । दोस्रो स्थानमा रहेको ओमानको ५ खेलबाट १२ अंक छ । अफगानिस्तानको ४ तथा भारतको ३ अंक छ । पुछारमा रहेको बंगलादेशको १ अंक छ ।

कतारसँगको विश्वकप छनोटको खेल खेल्नुअघि बंगलादेशी टोलीले नेपालसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा बंगलादेशले एक खेल २–० ले जित्दा अर्काे खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि टोली थप प्रशिक्षणको लागि कतार नै पुगेको थियो ।

कतार र बंगलादेशबीचको खेल कोरोना महामारीपछि एसियाकै पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल बनेको छ । जसमा करिव ११ सय समर्थकलाई मैदानमा प्रवेश दिइएको थियो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.