default_image

3 years ago

December 5, 2020

नेपोलीको रंगशालामा म्याराडोनाको नाम

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब नेपोलीले घरेलु मैदान सान पाओलो स्टेडियमलाई डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा नामाकरण गरेको छ । नेपोलीले आफ्नो अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनालाई समर्पित गर्दै आफ्नो स्टेडियमको नामाकरण गरेको हो । नेपल्स नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै आज एक प्रस्ताव स्वीकृत भएपछि रंगशाला डिएगो अर्मान्डो म्याराडोना नामाकरण गरिएको उल्लेख छ । म्याराडोनाको […]

36 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब नेपोलीले घरेलु मैदान सान पाओलो स्टेडियमलाई डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा नामाकरण गरेको छ । नेपोलीले आफ्नो अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनालाई समर्पित गर्दै आफ्नो स्टेडियमको नामाकरण गरेको हो ।

नेपल्स नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै आज एक प्रस्ताव स्वीकृत भएपछि रंगशाला डिएगो अर्मान्डो म्याराडोना नामाकरण गरिएको उल्लेख छ । म्याराडोनाको नोभेम्वर २५ मा ब्युनर्स आयर्समा हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको थियो ।

नेपोलीका मालिक औरिलियो डी लौरेनिटसले म्यारोडोनाको निधनपछि एक खुल्ला पत्रमा रंगशालाको नाम बदल्ने प्रस्ताव नेपल्स नगरपालिकालाई गरेको थियो । यो प्रस्ताव मेयर लुइगी डे म्याजिस्ट्रिसले टोप्पनीमा एलेसान्द्रे क्लमेन्टका लागि काउन्सलरले प्रस्ताव गरेका थिए । नगरपालिकाको कार्यकारी समितिको बैठकले यो प्रस्तावलाई अनुमोदन गरेको हो ।

अब नयाँ नामाकरण भएको रंगशालामा नेपोलीले पहिलो खेलको रुपमा अर्काे साता युरोपा लिगमा रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्नेछ । खेलहरु क्लोज डोरमा भइरहँदा नेपोलीका समर्थकले मैदान बाहिर दिप प्रज्वलन गरेका थिए । यस्तै मैदान बाहिर ‘दि किङ’ ब्यानर ब्यानर प्रदर्शन गरेका थिए ।

म्याराडोनाले १९८४ देखि १९९१ सम्म अर्थात ७ वर्ष नेपोलीमा बिताएका थिए । उनी सन् १९८४ मा क्याटलान क्लब बार्सिलोनाबाट नेपोली आएका थिए । उनले नेपोलीलाई १९८७ र १९९० मा शीर्ष डिभिजनको लिग जिताएका थिए । १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप जिताएका थिए ।

उनले आफ्नो खेल करियरमा सबैभन्दा धेरै नेपोलीबाट १ सय ८८ खेल खेलेका थिए । उनले क्लबका लागि ८१ गोल समेत गरे । उनले अर्जेन्टिनाबाट चार पटक विश्वकपमा सहभागीता जनाए । उनको कप्तानीमा सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा अर्जेन्टिनाले उपाधि जितेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.