एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति चेल्सीले घरेलु मैदानका लिड्सको आतिथ्यता गर्दैछ ।

चेल्सी र लिड्स युनाइटेडबीचको खेल राति १ः४५ बजे स्टामफोर्ड ब्रिजमा हुनेछ । घरेलु मैदानमा लिड्सलाई हराउदै चेल्सी शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । लिड्सलाई हराउन सके चेल्सी कम्तीमा एक दिन शीर्षस्थानमा रहनेछ ।
चेल्सीको १० खेलबाट १९ अंक रहेको छ । समान खेलबाटै टोटेनहम र लिभरपुलको २१ अंक छ । लिड्स १४ अंक जोडेर १२औं स्थानम छ । शीर्ष दुई टोलीले आइतबार मात्रै प्रतिस्पर्धा गर्दैछ ।
त्यसैले पछिल्लो १५ खेलमा अपराजित रहेको चेल्सी लिड्सविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । चेल्सी सेप्टेम्वरमा लिभरपुलसँग २–० ले पराजित भएयता अपराजित छ ।
चेल्सीका लागि टिमो वेर्नर, ट्याम्मी अब्राहम, हाकिम जियाच, मासन माउन्ट, एङ्गोलो कान्टे, माटियो कोभासिस, काई आभर्टज, बेन चिलवेल, थियागो सिल्भा, कोर्ट जोउमा, रिस जेम्स र गोलरक्षक इडुआर्ड मेन्डी रहनेछन् ।
यस्तै सेभियाविरुद्ध चार गोल गरेका फ्रेन्च फरवार्ड ओलिभर जिरुउड, क्रिस्टियन पुलिसिस, कलुम हड्सन ओडोइ, जर्गिन्हो, इमर्सन, कप्तान सेजर एज्पिलिक्वेटा र एन्टेनियो रुडिगर पनि टोलीसँग रहेको छ ।
यता, लिड्स पनि चेल्सीको पछिल्लो १५ खेलको अपराजित यात्रालाई पुर्णविराम लगाउने दाँउमा हुनेछ । यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको लिड्सले लिभरपुलसँग सम्मानजनक हार बेहोर्दा म्यानचेस्टर सिटी र आर्सनल जस्तो बलियो टोलीलाई बराबरीमा रोक्न सफल भएको थियो । चेल्सीविरुद्ध लिड्स कम्तीमा अंक खोस्न चहान्छ ।
लिड्सका लागि प्याट्रिक बामफोर्ड एक्लो फरवार्ड हुनेछ । राफिन्हा, मेटस्ज क्लिच, स्टुआर्ट डालास, ज्याक ह्यारीसन, फिलिप्स, रोविन कोच र गोलरक्षक मेस्लिएर टोलीमा रहेका छन् ।
यि दुई टोलीले सन् २०१२ मा लिग कपमा प्रतिस्पर्धा गरेका थिए । जुमा चेल्सी ५–१ ले विजयी भएको थियो ।