default_image

3 years ago

December 5, 2020

बाँके एन्फामा आबद्ध क्लबलाई बल हस्तान्तरण

नेपालगन्ज (हाम्रो खेलकुद)– बाँके जिल्ला फुटबल संघले आफ्ना सदस्य क्लबहरुलाई फुटबल सामाग्री हस्तान्तरण गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) बाट प्राप्त ५० हजार रुपैयाँबाट सदस्य क्लबहरुलाई फुटबल वितरण गरिएको बाँके एन्फाका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । जिल्ला संघका आबद्ध ११ क्लबका प्रतिनिधिलाई समान ४ वटा बल वितरण गरिएको बताइएको छ । बल […]

37 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– बाँके जिल्ला फुटबल संघले आफ्ना सदस्य क्लबहरुलाई फुटबल सामाग्री हस्तान्तरण गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) बाट प्राप्त ५० हजार रुपैयाँबाट सदस्य क्लबहरुलाई फुटबल वितरण गरिएको बाँके एन्फाका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । जिल्ला संघका आबद्ध ११ क्लबका प्रतिनिधिलाई समान ४ वटा बल वितरण गरिएको बताइएको छ ।

बल प्राप्त गर्ने क्लबमा ओसोनिक, कारकादो युवा, धम्बोझी, बुद्ध युवा, कोहलपुर रेसिङल सहरा, मोडल टिम सिगाँय, जयकिसान स्पोर्टस, न्यू डाँफे स्पोर्टस, युनाइटेड युथ, मिलन युवा र नवदुर्गा युवा रहेका थिए ।

नेपालगन्जको धम्बोझी स्थित ग्रासरुट फुटबल एकेडेमीमा भएको कार्यक्रममा मानार्थ उपाध्यक्ष सम्झना, बाँके एन्फाका शाही, उपाध्यक्ष नगिना श्रेष्ठ, सचिव गोविन्द प्रसाद श्रेष्ठ तथा तरुणदल बाँकेका सचिव बिनोद रिजालले क्लबका प्रतिनिधिलाई फुटबल हस्तान्तरण गरेका थिए ।

एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सम्झनाले पश्चिम नेपालको फुटबलको विकास लागि नेतृत्व तहमा भएका व्यक्ति र स्थानीय क्लबले अब सक्रिय भएर काम गर्नु पर्ने बताए । उनले पश्चिम क्षेत्रपनि फुटबलका गतिविधि सुरु हुनु पर्ने धारणा राखे ।

उनले भने ‘जिल्ला संघले क्लबलाई फुटबल दिनु सकारात्मक हो । यसले अब फुटबल गतिविधि सुरु हुँदैछ भन्ने सन्देश जान्छ । फुटबललाई सक्रिय बनाउन अब सबै क्लब, संघका पदाधिकारीले मिहिनेत गर्न जरुरी छ ।’

बाँके एन्फाका अध्यक्ष शाहीले कोरोनाको संकटका बिच बाँकेमा अब फुटबलले गतिले लिने विश्वास व्यक्त गरे । शाहीले संघले बाँकेमा फुटबलको विकासका लागि हरेक क्लब र खेलकर्मीसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘अहिले विश्वले संकटको सामना गरेको छ । यस्तो बेला फुटबलले जनतामा एउटा खुसी हुने वातावरण सृजना गर्न सक्छ , शाहीले भने, हामी फुटबलको माध्यमबाट समाजमा एउटा हौसला, नयाँ उत्साह जगाउने प्रयास गर्नेछौं ।’

जिल्लामा हुने फुटबलका हरेक गतिविधिमा संघले प्राविधिक सहयोग गर्ने शाहीले बताए । पछिल्लो समय बाँकेमा फुटबलको पुर्वाधार निर्माण हुदै गएकोले भविष्यमा यसले थप राम्रो प्रभाव पार्ने उनले बताए ।

उनले थपे, ‘अब बाँकेमा विगतको जस्तो पुर्वाधारको समस्या छैन । विस्तारै बढिरहेको छ । पहिला नेपालगन्ज रंगशालामात्रै निर्भर रहनु पर्ने अवस्था थियो । अहिले धम्बोझीमा एउटा उत्कृष्ट एकेडेमी निर्माण भएको छ, खजुराको फुटबल मैदानको स्तर बढिरहेको छ । यसले बाँकेको फुटबल विकासमा सहयोग गरेको छ ।’

कार्यक्रममा अध्यक्ष शाहीले पुस महिनाबाट खजुरा गाउँपालिका–१ मा हुन लागेको श्याम थापा ‘हुइया’ स्मृति कप फुटबलको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नेपालगन्ज गोल्डकप

बाँके एन्फाले नेपालगन्ज गोल्डकप आयोजना गर्दै आएको छ । कोरानाको असर कम भएर दर्शक आउने आवस्था बनेको खण्डमा यो वर्ष गोल्डकप आयोजना गरिने र त्यसका लागि आन्तरिक तयारी भइरहेको अध्यक्ष शाहीले जानकारी दिए । गोल्डकपको पहिलो संस्करण सुदूरपश्चिम ११ स्पोर्टस क्लबले तथा दोस्रो र तेस्रो रुपन्देही ११ ले जितेको थियो ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.