default_image

3 years ago

December 5, 2020

बार्सिलोनालाई क्याडिजको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले क्याडिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल क्याडिजको रंगशालामा राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा क्याडिज बलियो बार्सिलोनालाई स्तब्ध पार्ने अथवा अंक खोस्ने दाउमा हुनेछ । क्याडिज ११ खेलबाट १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सातौं स्थानको बार्सिलोनाको ९ खेलमा १४ अंक छ । […]

48 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले क्याडिजसँग प्रतिस्पर्धा गर्दैछ । खेल क्याडिजको रंगशालामा राति १ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा क्याडिज बलियो बार्सिलोनालाई स्तब्ध पार्ने अथवा अंक खोस्ने दाउमा हुनेछ । क्याडिज ११ खेलबाट १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सातौं स्थानको बार्सिलोनाको ९ खेलमा १४ अंक छ ।

क्याडिज त्यही टोली हो जसले साविकको विजेता रियाल म्याड्रिडलाई १–० ले स्तब्ध पारेको थियो । क्याडिजसँग एन्थोनी लोजानो, जैरो, साल्भी सान्चेज, जेन्स जोन्सन, फाली, अल्भारो जिमिनेज, साल्भी सान्चेज, एन्डर, अल्भारो नेग्रेडो र गोलरक्षक लिडेस्मा रहेको छ ।

यता, बार्सिलोना पनि नवप्रवेशी क्याडिजलाई हराउदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । तर, बलियो रियाल म्याड्रिडलाई हराएको क्याडिजविरुद्ध बार्सिलोना सजग भर खेल्नेछ ।

बार्सिलोनासँग कप्तान लियोनेल मेस्सी, एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो, पेड्री, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्वा, क्लेमन्ट लेङ्लेट, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहनेछन् । यस्तै मार्टिन ब्रेथवेट, औसमाने डेम्वेले, जुनियर फिर्पाे, ट्रिन्काओ, मिग्वेजा र कार्लेस एलेनाको पनि साथ रहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.