एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । युभेन्ट्सले टोरिनोसँग प्रतिस्पर्धा गर्दा दोस्रो स्थानमा रहेको इन्टर मिलानले बोलोग्नासँग तथा स्पेजिया र लाजियाबीच आज राति नै प्रतिस्पर्धा हुँदैछ ।

युभेन्ट्स र टोरिनोबीचको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे युभेन्ट्सको मैदान एलिएन्ज स्टेडियममा हुनेछ ।
घरेलु मैदानमा हुने खेलमा युभेन्ट्स रेलिगेसन जोनमा संघर्ष गरिरहेको टोरिनोमाथ सहज जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । नवौं चरणको खेल सकिदा युभेन्ट्स १७ अंक जोडेर चौथो स्थानमा तथा टोरिनो ६ अंकसहित १८औं स्थानमा छ । शीर्षस्थानमो एसी मिलाननको २३, इन्टर मिलान र सस्सुलोको समान १८ अंक छ ।
युभेन्ट्ससँग सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोसँगै पाउलो डिबाला, फेडरिको चियसा, अर्थर, जुवान कोर्डाडो, डानिलो, लियोनार्दाे बोनुची, म्याथ्यिस डि लेग्ट जस्ता खेलाडीको साथ छ ।
यता, टोरिनो पनि युभेन्ट्सलाई हराउदै रेलिगेसन जोनबाट माथि उठ्ने लक्ष्यमा हुनेछ । टोलीसँग बेलोटी, जाजा, रिकार्डाे रोड्रिग्वेज, रिन्कन, सिंगो, इजजो र गोलरक्षक सिरीगुको साथ रहेको छ ।
अन्य खेल
स्पेजियाविरुद्ध लाजियो (राति ७ः४५ बजे), इन्टरविरुद्ध बोलोग्ना (राति १ः३० बजे)