default_image

3 years ago

January 9, 2021

जिदानको माग : रामोस र भाज्क्वेजको नविकरण

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई ओसासुनाविरुद्धको खेलका लागि उपस्थित हुन अनुमति मिलेको छ । कोरोना संक्रमित एक जनासँग नजिक रहेका कारण जिदानलाई होम आइसोलेसनमा बस्नुपर्ने भएको थियो । तर, पिसिआर परिक्षण पुन नेगेटिभ आएपछि ला लिगामा शनिबार ओसासुनाविरुद्ध हुने खेलमा उपस्थित हुन अनुमति दिएको बताइएको छ । त्यसअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा पनि […]

59 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई ओसासुनाविरुद्धको खेलका लागि उपस्थित हुन अनुमति मिलेको छ ।

कोरोना संक्रमित एक जनासँग नजिक रहेका कारण जिदानलाई होम आइसोलेसनमा बस्नुपर्ने भएको थियो । तर, पिसिआर परिक्षण पुन नेगेटिभ आएपछि ला लिगामा शनिबार ओसासुनाविरुद्ध हुने खेलमा उपस्थित हुन अनुमति दिएको बताइएको छ ।

त्यसअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा पनि जिदान उपस्थित भएका थिए । उनले कप्तान सर्जियो रामोस र लुकास भाज्क्वेजको सम्झौता नविकरण हुनुपर्नेमा जोड दिएका थिए ।

रामोस र रियलबीचको पछिल्लो छलफल सकारात्मक नभएका कारणले अर्को सिजन उनले क्लब छाड्ने अनुमान सुरु भएको छ । क्लबले एक वर्ष र रियलले दुई वर्षको सम्झौता हुनुपर्ने बताएपछि सम्झौता नविकरण हुन सकेको छैन । भाज्क्वेजले भने सम्झौता नविकरणमा पारिश्रमिक बढ्नुपर्ने प्रस्ताव गर्दै आएका छन् ।

‘हामीले दुई खेलाडीलाई नविकरण गर्नु महत्त्वपूर्ण हुनेछ,’ जिदानले भनेका छन्, ‘उनीहरुसँग मेरो कुरा भएको छैन । तर उनीहरु क्लबका लागि महत्त्वपूर्ण खेलाडी हुन् । खेलमा राम्रो नतिजा लागि र त्यसको तयारीका लागि मलाई उनीहरु चाहिन्छ ।’

१७ खेलमा ३६ अंकका साथ रियल ला लिगा अंक तालिकाको दोस्रो स्थानमा छ । २ खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ३८ अंक छ । १७ खेलमा ३१ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा छ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.