default_image

3 years ago

January 9, 2021

बार्सिलोनालाई ग्रानडाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले ग्रानडाको सामना गर्दैछ । खेल ग्रानडाको मैदानमा आज राति ११ः१५ बजे हुनेछ । घरेलु टोली ग्रानडालाई हराउदै बार्सिलोना तेस्रो स्थानमा उक्लदै शीर्षस्थानको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडलाई दवाव दिने लक्ष्यमा हुनेछ । बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको एट्लेटिकोको […]

34 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले ग्रानडाको सामना गर्दैछ । खेल ग्रानडाको मैदानमा आज राति ११ः१५ बजे हुनेछ ।

घरेलु टोली ग्रानडालाई हराउदै बार्सिलोना तेस्रो स्थानमा उक्लदै शीर्षस्थानको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडलाई दवाव दिने लक्ष्यमा हुनेछ । बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको एट्लेटिकोको १५ खेलबाट ३८ तथा रियलको १७ खेलबाट ३६ अंक छ । भिल्लारियल ३२ अंक जोडेर तेस्रोमा रहेको छ ।

पछिल्लो दुई खेलमा शतप्रतिशत जित निकालेको बार्सिलोना सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । टोलीसँग कप्तान लियोनेल मेस्सी, औसमाने डेम्वेले, एन्टोइन ग्रिजमन, पेड्री, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्वा, रोनाल्ड एराउजो, सर्जिनो डेस्ट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको साथ रहेको छ । चोटका कारण फिलिपे कौटिन्हो, अन्सु फाती, जेरार्ड पिके, सर्जियो रोबर्टाे टोलीमा रहनेछैन ।

यता, ग्रानडा पनि बार्सिलोनालाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । ग्रानडा २४ अंक जोडेर सातौ स्थानमा रहेको छ । ग्रानडासँग लुइस सुआरेज, रोबर्टाे सोल्डाडो, एन्टेनियो पुएरटास, याङ्गेल हेरेरा, जर्मन सान्चेज र गोलरक्षक रुई सिल्भाको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो १४ भेटमा बार्सिलोना १२ खेलमा विजयी भएको छ । दुई खेल ग्रानडाले आफ्नो पक्षमा पारेको छ । गत सिजनको दुई खेलमा दुवै टोलीले समान एकमा जित निकालेको थियो । बार्सिलोनाले १–० को जित निकाल्दा ग्रानडाले २–० को जित निकालेको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.