default_image

3 years ago

January 9, 2021

रियल म्याड्रिडलाई ओसासुनाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति रियल म्याड्रिडले ओसासुनाको भ्रमण गर्दैछ । खेल राति १ः४५ बजे हुनेछ । घरेलु टोलीलाई हराउदै रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडलाई दवाव बढाउने लक्ष्यमा हुनेछ । रियल म्याड्रिड दुई खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको भन्दा २ अंकले पछि छ । एट्लेटिकोको ३८ तथा रियलको ३६ अंक छ । एट्लेटिकोले १५ […]

35 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति रियल म्याड्रिडले ओसासुनाको भ्रमण गर्दैछ । खेल राति १ः४५ बजे हुनेछ । घरेलु टोलीलाई हराउदै रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडलाई दवाव बढाउने लक्ष्यमा हुनेछ ।

रियल म्याड्रिड दुई खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको भन्दा २ अंकले पछि छ । एट्लेटिकोको ३८ तथा रियलको ३६ अंक छ । एट्लेटिकोले १५ तथा रियलले १७ खेल खेलेको छ । अघिल्लो खेलमा पेटको समस्यामा कारण टोली बाहिर रहेका कप्तान तथा सेन्टरब्याक सर्जियो रामोस टोलीमा फर्किएका छन् ।

करिम बेन्जेमा, मार्काे एसेन्सियो, लुकास भाज्क्वेज, क्यासमिरो, टोनी क्रुस, लुका मोड्रिच, फर्लान्ड मेन्डी, राफयल भरान, नाचो फर्नान्डेज र गोलरक्षक थिवाउट कोर्टुवा टोलीसँग रहेका छन् । प्रतिबन्धका कारण ड्यानी कार्भाहल टोलीसँग हुनेछैन ।

यता, ओसासुना पनि रियललाई स्तब्ध पार्ने दाउमा हुनेछ । रेलिगेसन जोनको १९औं स्थानमा रहेको ओसासुना घरेलु मैदानमा रियललाई स्तब्ध पार्दै रेलिगेसन जोनबाट उम्कने दाउमा हुनेछ । जोनाथन क्यालेरी, इनिगो पेरेज, रुवेन गार्सिया, रोबर्टाे टोरेस, जुआन क्रज, नाचो भिडाल र गोलरक्षक सर्जियो हेरेरो टोलीसँग रहेको छ ।

यि दुई टोलीको १४ खेलको नतिजा हेर्दा रियल हावी छ । रियलले १२ खेलमा जित निकाल्दा ओसासुनाले एक खेल आफ्नो पक्षमा पारेको छ । दुई खेल बराबरीमा सकिएको छ । ओसासुनाले २०११ मा रियललाई १–० ले स्तब्ध पारेको थियो । त्यसयता ओसासुनाले रियललाई हराउन सकेको छैन ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.