default_image

3 years ago

January 9, 2021

हिमपातका कारण रियलको उडानमा ढिलाई

एजेन्सी – खराब मौसमका कारण उडानमा ४ घण्टा ढिला भएपछि रियल म्याड्रिड टोली शुक्रबार अबेर राती पाम्प्लोना पुगेको छ । ला लिगामा शनिबार ओसासुनाविरुद्ध खेलका लागि रियल टोली त्यहाँ पुगेको हो । उडान अघि हिमपात सुरु भएपछि टोलीले लामो समय सम्म पर्खनुपरेको थियो । हिमपातका कारण रनवे बन्द गरिएको थियो । हिमपातको पूर्वानुमानकै कारण रियल […]

30 views

0 Bookmark

एजेन्सी – खराब मौसमका कारण उडानमा ४ घण्टा ढिला भएपछि रियल म्याड्रिड टोली शुक्रबार अबेर राती पाम्प्लोना पुगेको छ । ला लिगामा शनिबार ओसासुनाविरुद्ध खेलका लागि रियल टोली त्यहाँ पुगेको हो ।

उडान अघि हिमपात सुरु भएपछि टोलीले लामो समय सम्म पर्खनुपरेको थियो । हिमपातका कारण रनवे बन्द गरिएको थियो । हिमपातको पूर्वानुमानकै कारण रियल टोलीले यसअघि नै नै अवे खेलका लागि जाने तयारी गरेको थियो । सामान्यता खेलकै दिन टोली त्यहाँ पुग्ने परम्परा थियो ।

लामो पर्खाइले रियलका खेलाडी निराश थिए । यसअघि पनि खेल स्थगित भइसकेकोले रियलका खेलाडी फेरि त्यहि अवस्था नदोहोरियोस् भन्नेमा थिए । रनवे बन्द रहँदा रियलका खेलाडी जहाजमै बसे । रनवेको हिउ हटाएपछि स्थानिय समय अनुसार राती १०:३० बजेपछि जहाज उडेको थियो ।

पाम्प्लोनामा रात बिताएको टोलीले शनिबारका खेलका लागि मौसमको अवस्था कुर्नुपर्नेछ । त्यहाँ शनिबार पनि हिउँ पर्ने अनुमान गरिएको छ । यद्दपी टोलीले ओसासुनाले मैदानबाट हिउ हटाउनका लागि आवश्यक परे भाडामा प्राविधिकहरु लिने तयारी गरेको छ । रियलले हिमपातमै पनि अघिल्लो दिन प्रशिक्षण गरेको छ ।

रियल र ओसासुनाबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजेका लागि तय छ । घरेलु टोलीलाई हराउदै रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडमाथि दबाब बढाउने लक्ष्यमा हुनेछ । रियल भन्दा दुई खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको ३८ अंक छ । दोस्रो स्थानको रियलको ३६ अंक छ ।

एट्लेटिकोले १५ तथा रियलले १७ खेल खेलेको छ । अघिल्लो खेलमा पेटको समस्यामा कारण टोली बाहिर रहेका कप्तान तथा सेन्टरब्याक सर्जियो रामोस टोलीमा फर्किएका छन् । रेलिगेसन जोनको १९औं स्थानमा रहेको ओसासुना घरेलु मैदानमा रियललाई स्तब्ध पार्दै रेलिगेसन जोनबाट उम्कने दाउमा हुनेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.