default_image

3 years ago

January 9, 2021

झापा एन्फाको अनुमानति बजेट झन्डै २४ लाख, बाढीपीडित रेफ्रीलाई राहत

हिमाल खरेल,अर्जुनधारा झापा जिल्ला फुटबल संघले साधारणसभाको अवसर पारेर बाढीपीडित झापाका रेफ्री सन्तोष चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको हो । संघका अनुसार बाढीपीडित रेफ्री चौधरीलाई २ लाख ६५ हजार रुपैयाँ बराबरको राहत रकम प्रदान गरिएको छ । राहत रकममध्ये रेफ्री संघबाट ९२ हजार, संघमा आवद्ध १९ वटा फुटबल क्लबबाट ५७ हजार, नेपाल फुटबल रेफ्री समितिबाट […]

27 views

0 Bookmark

हिमाल खरेल,अर्जुनधारा

झापा जिल्ला फुटबल संघले साधारणसभाको अवसर पारेर बाढीपीडित झापाका रेफ्री सन्तोष चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको हो । संघका अनुसार बाढीपीडित रेफ्री चौधरीलाई २ लाख ६५ हजार रुपैयाँ बराबरको राहत रकम प्रदान गरिएको छ ।


राहत रकममध्ये रेफ्री संघबाट ९२ हजार, संघमा आवद्ध १९ वटा फुटबल क्लबबाट ५७ हजार, नेपाल फुटबल रेफ्री समितिबाट ५० हजार, एन्फाबाट २५ हजार , एन्फा प्रदेश १ बाट ११ हजार, झापा एन्फाबाट १० हजार , अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र संघका उपाध्यक्ष मनेष दाहालबाट समान १० हजार रुपैयाँ प्रदान भएको बताइएको छ ।

शुक्रबार सम्पन्न संघको सातौँ साधारणसभामा संघका अध्यक्ष भगिरथ आले मामाले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्रमणि लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । गत आर्थिक वर्ष ०७६÷०७७ को जम्मा आम्दानी ६ लाख ४ हजार ३ सय १२ रुपैयाँ ९५ पैसा र जम्मा खर्च ५ लाख ७२ हजार ७ सय ९ रुपैयाँ २८ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

संघले चालु आर्थिक वर्ष ०७७÷०७८ को लागि अनुमानित २३ लाख ७८ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । प्रस्तावित बजेट कार्यान्वयन गर्न आन्तरिक स्रोतबाट १८ लाख ३ हजार ५ सय रुपैयाँ र एन्फाबाट ५ लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

संघले सार्वजनिक गरेको वार्षिक कार्यक्रमहरुमा एन्फा प्रेसिडेन्ट झापा जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता (९संघमा आबद्ध क्लबबीच), अन्तर माध्यमिक पुरुष र महिला फुटबल प्रतियोगिता, अन्तरपालिका यु १५ फुटबल प्रतियोगिता, जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता, ६ देखि १३ वर्ष उमेर समूहका ग्रासरुट, प्रशिक्षक प्रशिक्षण, रेफ्री प्रशिक्षणलगायत समावेश गरेको छ ।

कार्यक्रममा एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा एन्फा प्रदेश १ का अध्यक्ष किशोर राई, एन्फाका केन्द्रीय सदस्य दिपक राई, झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेचे, नेपाल तरुण दल झापाका सभापति गोपाल तामाङ, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, संघका पूर्वअध्यक्ष बालजीत राई, काँकरभिट्टा भेट्रान्स फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका महासचिव शेरबहादुर बस्नेत ‘सुन्दर’ले सहजीकरण गरेको कार्यक्रममा संघका उपाध्यक्ष मनेष दाहालले स्वागत गरेका थिए । साधारणसभाको अध्यक्षता संघका अध्यक्ष भगिरथ आले ‘मामा’ ले गरेका थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.