default_image

3 years ago

January 9, 2021

पिएसजीको प्राथमिकतामा नेयमार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले माउरिसियो पोचिटिनोलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेपछि ब्राजिलियन सुपर स्टार नेयमारसँगको सम्झौता नविकरणमा जोड दिएको छ । फ्रान्सेली टोलीले नेयमारसँगै फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेसँग पनि सम्झौता नविकरण गर्न चाहेको छ । नेयमार र एमबाप्पे दुवैको अहिलेको सम्झौता सन् २०२२ को अन्त्यसम्म रहेको छ । क्लब दुवै खेलाडीलाई […]

40 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले माउरिसियो पोचिटिनोलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेपछि ब्राजिलियन सुपर स्टार नेयमारसँगको सम्झौता नविकरणमा जोड दिएको छ ।

फ्रान्सेली टोलीले नेयमारसँगै फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेसँग पनि सम्झौता नविकरण गर्न चाहेको छ । नेयमार र एमबाप्पे दुवैको अहिलेको सम्झौता सन् २०२२ को अन्त्यसम्म रहेको छ । क्लब दुवै खेलाडीलाई राख्न चाहन्छ । त्यसका बाबजुद मुख्य प्राथमिकतामा भने नेयमार रहेका छन् ।

लियोनार्दोले यसअघि नै क्लबले दुवै टोलीसँग सम्झौता नविकरण गर्न चाहेको प्रष्ट पारेका थिए । पिएसजीलाई थाहा छ कि विश्वका दुई उत्कृष्ट फरवार्ड उनीहरुको टोलीमा छन् । क्लबले यसअघि नेयमारलाई विक्रीका लागि राखेको थियो । तर, अहिले परिस्थिति बदलिएको छ ।

क्लब उनलाई लामो समयका लागि सम्झौता गर्न चाहन्छ । २८ वर्षे ब्राजिलियन सुपर स्टार अहिले खेल जीवनकै उच्च फर्ममा रहेको विश्वास गरिन्छ , त्यसअर्थ पनि क्लब उनलाई छाड्न चाहदैन । पोचिटिनाको आगमनसँगै डेले अलि पनि पिएसजी जाने चर्चा सुरु भएको छ ।

टोटेनहमका प्रशिक्षक जासे माउरिन्होले अलीलाई खासै मन नपराउने भएकाले पनि उनी क्लब छाड्न चाहिरहेका छन् । अर्जेन्टिनी प्रशिक्षकले पनि खेलाडी आगमनलाई अस्वीकार गरेका छैनन् । यद्दपी अली भन्दा प्राथमिकतामा क्लबमै भएका खेलाडी छन् । त्यस्तै भविष्यमा नेयमार, एमबाप्पले र लिओनल मेस्सीलाई पिएसजीले खेलाउने योजना राखेको समेत बताइन्छ ।

पोचेटिनोले प्रशिक्षण सम्हालेको पहिलो खेलमा बुधबार पिएसजीले सेन्ट इटिएनसँग १–१ गोलको बराबरी खेलेको थियो । लिग वानमा पिएसजी १८ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । समान ३६ अंक नै रहेपनि लिल गोलअन्तरमा तेस्रोमा रहेको छ । शीर्षस्थानको लियोनको ३९ अंक छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.