default_image

3 years ago

January 10, 2021

सतिसाले युनियन माघे संक्रान्ती फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– सतिसाले युनियन केराबारी मोरङ नक्सलबारीमा जारी माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । टुबोर्ग संजोग स्मृतिको विजेता धनकुटाको रारा फुटबल क्लबलाई ८–० ले हराउँदै सतिसाले अन्तिम चारमा पुगेको हो । शनिबार मात्र साताक्षीधाम स्पोर्टिङ क्लबलाई हराउँदै राराले संजोग स्मृति फुटबल उपाधि जितेको थियो । बिट्टु तामाङले ह्याट्रिक खेलेको खेलमा […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सतिसाले युनियन केराबारी मोरङ नक्सलबारीमा जारी माघे संक्रान्ती खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

टुबोर्ग संजोग स्मृतिको विजेता धनकुटाको रारा फुटबल क्लबलाई ८–० ले हराउँदै सतिसाले अन्तिम चारमा पुगेको हो । शनिबार मात्र साताक्षीधाम स्पोर्टिङ क्लबलाई हराउँदै राराले संजोग स्मृति फुटबल उपाधि जितेको थियो ।

बिट्टु तामाङले ह्याट्रिक खेलेको खेलमा रोमन लिम्बु, दोर्जे तामाङ, तीर्थ बस्नेत र नितिश लिम्बुले गोल गरेका थिए । सूर्य लिम्बुले आत्मघाती गोल गरेका थिए । बिट्टु खेलको म्यान अफ दी घोषित भए । उनले मेडलसहित २ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सोमबार शसस्त्र प्रहरी बल सुनसरी र विराटनगर फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल मगर संघ नक्सलबारी मोरङको आयोजना तथा जन ज्योति क्लब र नक्सलबारी एफसीले संयोजन गर्ने प्रतियोगितालाई गोदावरी विद्या मन्दिर स्कुलले प्रायोजन गरेको प्रतियोगितामा उज्यालो प्रदेश डट कम मिडिया पार्टर रहेको छ ।

त्यस्तै चिसाङ क्रसर उद्योग, उत्तरी मोरङ क्रसर उद्योग र मोरङ कन्स्ट्रसन सह प्रायोजक रहेको प्रतियोगिताको सहयोगीका रुपमा बेलबारी नगरपालिका र नक्सल सामुदायिक बन बेलबारी १ रहेका छन् । उद्घाटन खेल नक्सलबारी एफसी र लेटाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.