default_image

3 years ago

January 10, 2021

इन्टर बराबरीमा रोकियो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबारको खेलमा इन्टर मिलानले एएस रोमासँग २-२ को बराबरी खेल्दै अंक बाँडेपछि शीर्षस्थानको एसी मिलानसँग अग्रता कम गर्ने अवसर गुमाएको छ । खेलको अन्तिम ५ मिनेट बाँकी रहँदा अग्रतामा रहेपनि इन्टरले अग्रता सम्हाल्न नसक्दा अंक बाँडेको हो । गोन्जालो भिलारको क्रसमा जियानलुका मान्चिनीले ८६ औं मिनेटमा हेडरमार्फत गोल गरेपछि […]

55 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबारको खेलमा इन्टर मिलानले एएस रोमासँग २-२ को बराबरी खेल्दै अंक बाँडेपछि शीर्षस्थानको एसी मिलानसँग अग्रता कम गर्ने अवसर गुमाएको छ ।

खेलको अन्तिम ५ मिनेट बाँकी रहँदा अग्रतामा रहेपनि इन्टरले अग्रता सम्हाल्न नसक्दा अंक बाँडेको हो । गोन्जालो भिलारको क्रसमा जियानलुका मान्चिनीले ८६ औं मिनेटमा हेडरमार्फत गोल गरेपछि इन्टर जितबाट बन्चित भएको थियो ।

त्यसअघि रोमाले खेलमा अग्रता लिएपनि इन्टरले दोस्रो हाफको ७ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा पुनरागमन गरेको थियो । खेलको १७ औं मिनेटमा लोरेन्जो पेलेग्रिनीले घरेलु टोली रोमलाई अग्रता दिलाएका थिए । उनके हेनरिक मिखीतार्यानको पासमा गरेको प्रहार डिफेन्डर एलेसान्द्रो बास्टोनीलाई लाग्दै गोल भएको थियो ।

दोस्रो हाफको ५६ औं मिनेटमा मिलान स्क्रिनियारले इन्टरका लागि बराबरी गोल गरे । त्यसको ७ मिनेटपछि अक्रफ हाकिमीले सुन्दर गोल गर्दै इन्टरलाई अग्रता दिलाए । दुवै गोलमा मार्सेलो ब्रोजोभिचले असिस्ट प्रदान गरेका थिए ।

यस बराबरीसँगै इन्टर मिलानको १७ खेलमा ३७ अंक भएको छ । रोमाको १७ खेलमा ३४ अंक रहेको छ । शीर्षस्थानको एसी मिलानले १७ खेलमा ४० अंक जोडेको छ । साविक विजेता युभेन्टस १५ खेलमा ३० अंकसहित छैटौं स्थानमा छ । युभेन्टसले आज राती सासुओलोको सामना गर्दैछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.